विस्तारबादी भारतीय मुर्दाबाद भन्दै यसै साता शुक्रबार गीतको छायाङकन चलिरहेको बेला प्रहरीले अबरोध गरेको छ । विस्तारबादी भारतीय मुर्दाबाद, दार्जि्लिङ्ग र सिक्किम हाम्रै थियो, कालापानी लिपुलेक हाम्रै हुन् जस्ता प्ले कार्ड सहित गित छायाकंन हुदै गर्दा नेपाल प्रहरीको टोलीले छायाङ्कन स्थलमा पुगेर गीत निर्माणको इजाजत सोध खोज गर्न थालेपछि छायाङ्कन युनिट हत्तोसाहित बनेको हो । करिब ३०/४० जनाको संख्यामा उपस्थित युनिट मुखामुख भए यसैबीच प्रहरीले गायक गायिका र रचनाकारलाइ खोज्दै यो गित कसले गायो ? कहा र कसको अनुमतिमा बन्यो ? निर्माण कम्पनि कुन हो ? एकछिन रोक्नुहोस् हामी माथि खबर गर्नु पर्छ भने पछि गायक कृष्ण के सी, गायिका सोनु घिसिङ र सर्जक सुबास जी सी अन्यौलमा परेका हुन् । उपस्थित स्थानीय र गीत सुनेर तुरुन्त तुरुन्तै यसै गीतका लागि दर्शक र फ्यान बनेका स्थानीयले प्रहरीसंग मुखा मुख गर्न थाल्दै देश प्रेम बोकेको गीत हो । हस्तक्षेप गर्न पाइदैन देशमा नेताहरु कानमा तेल हालेर सुते पनि कलाकारहरुले गीत मार्फत जनता जगाउन खोज्दैछन् प्रहरी हस्ताखेप बन्द गर भन्दै चिच्याउन थालेपछि कलाकारलाई केही राहत भएको कलाकारहरुले बताएका छन् ।
हेर्नुहोस् भिडियो :
प्रतिक्रिया दिनुहोस