धादिङ २१ बैशाख
जिल्ला विपद व्यवस्थापन समिति धादिङले जानी जानी डढेलो लगाउने,आगो लगाउने व्यक्तिको सूचना उपलब्ध गराउन अनुरोध गरिएको छ ।
शुक्रबार प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रहने जिल्ला विपद व्यवस्थापन समितिले एक सूचना जारी गर्दै आगलागी तथा डढेलोका घटनाबाट ठूलो धनजनको क्षति, वन विनास तथा वायु प्रदुषण भई मानव स्वास्थ्यमा समेत गम्भीर समस्या सृजना भएको हुँदा नागरिक आफै सचेत र सजक भै आगो लगाउने व्यक्तिको सूचना उपलब्ध गराउन आग्रह गरेको हो ।
सूचना उपलब्ध गराउने व्यक्तिको परिचय गोप्य राखिनेछ र उक्त सूचना प्रमाणित भएमा निजलाई उचीत पुरस्कारको समेत व्यवस्था गरिने सूचनामा भनिएको छ । साथै डढेलो तथा आगलागी नियन्त्रणका लागि आ–आफ्नो स्थानबाट पूर्ण रुपमा सहयोग पुराउन जिल्लास्थित सम्पूर्ण सरकारी निकाय, स्थानीय तहहरु, राजनैतिक दल, गैरसरकारी क्षेत्र, निजी क्षेत्र, सञ्चार क्षेत्र, वन उपभोक्ता समितिहरु लगायत आम जनसमुदायमा अनुरोध गरिएको छ ।
प्रतिक्रिया दिनुहोस