धादिङ २० बैशाख
धादिङको रुवी भ्याली आधारभुत अस्पताल, सेर्तुङमा बिशेषज्ञ सेवा सहित दुई दिने निःशुल्क स्वास्थ्य शिविर भोली २१ गते देखि सुरुहुने भएको छ ।
गाउँपालिकाको आयोजनामा सञ्चालन गरिने उक्त निशुल्क शिविरमा स्त्री रोग, बाल रोग, हाड जोर्नी, मुटु रोग, दन्त रोग सम्बन्धी विषयगत विशेषज्ञ द्धारा सेवा प्रदान गरिने भएको गाउँपालिकाले जनाएको छ । उक्त स्वास्थ्य शिविरमा जनरल सेवा लगायत ईसिजी, भिडियो एक्सरे र ल्याब परिक्षण सेवा समेत सञ्चालन गरिने भएको छ ।
गाउँपालिकाका सबै वडाका जनसमूदायलाई स्वास्थ्य परीक्षणको लाभ लिन समय मिलाएर रुविभ्याली आधारभुत अस्पतालमा उपस्थित भईदिनु हुन गाउँपालिका अध्यक्ष रामसिंह तामाङले अनुरोध गर्नुभयो । भोली २१ गते बाट सञ्चालन हुने स्वास्थ्य शिविर २२ गतेसम्म सम्म सञ्चालन हुनेछ ।
प्रतिक्रिया दिनुहोस