धादिङ २० बैशाख
पर्यटन प्रवर्द्धनका लागि उत्तरी धादिङको गंगाजमुना गाउँपालिकाले‘गंगाजमुना तीनसुरे पदमार्ग’सञ्चालन गरिरहेको छ ।
गत बैशाख १६ गते गोरखा जिल्लाको आरुघाट गाउँपालिका–४ आर्खेत बजारदेखि बुढाथुम–बाथलडाँडा–लामोपुल–बसेरी–भैँसे–तीनसुरे–पोखराडाँडा–री–गुम्दी हुँदै फूलखर्क जोड्ने पदमार्गको गाउँपालिका र ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान)को सहकार्यमा सञ्चालन गरिएको हो ।
बुधबार गाउँपालिकाको वडा नम्बर २ तप्राङ खोला स्थित (तेम्बा ह्यारा) महभीरमा ‘हनि हन्टिङ’ समेत गरिएको छ । भीरमौरी काट्दा सुरुमा प्रकृति पुजा गरेर मात्र काट्ने गर्दछ । २९ ठाउँमा चाका लगाएका भीरमौरीको मह काट्न भने किरब ७ दिनको हारा हारी लाग्ने गर्दछ । उक्त मह कार्तिक महिना र बैशाख जेठ गरि २ सिजनमा काट्ने गर्दछ । एउटै चाकाबाट करिब ८ लिटर मह झर्ने गर्दछ । महलाई पौष्टिक तत्व र औषधीको रुपमा लिने गर्दछ ।
शरिरका घाउ खटिरा, काटेको ,एलर्जि, मर्केका, सर्केको, लगायतमा औषधीको रुपमा प्रयोग गरिन्छ । उक्त मह १ मानाको १ हजार ५ सय स्थानीय मूल्य पर्दछ ।–‘अघिल्लो पुस्ता बाउबाजेको देहवासन पश्चात पछिल्लो युवा पुस्तामा ज्ञान कम भएको र कस्ले सकिन्छ भन्ने विषयमा छलफल गरि तीन दशक पछाडि भीरमौरीको मह र क्षेत्रलाई व्यपारिक पर्यटन प्रबद्र्धनमा जोड दिन यस वर्ष ‘हनि हन्टिङ’को रुपमा चिनाएको हो’– । वडा अध्यक्ष वल बहादुर तामाङले रेडियो बिहानीसंग भन्नुभयो ।
गंगाजमुना गाउँपालिकाले धार्मिक सांस्कृतिक प्राकृतिक पर्यटकीय क्षेत्रको पहिचान र सम्भाव्यता अध्ययन गरेर अगाडि बढ्ने प्रमुख प्रशासकीय अधिकृत अनिल श्रेष्ठले बताउनुुभयो ।
उहाँले भीरमौरी काट्नेलाई जीवन बीमा गर्ने, आवश्यक उपकरणमा सहयोग गर्ने , गाउँपालिकाले नै विभिन्न संस्थासंग सहकार्य गरि आन्तरिक तथा वाह्य पर्यटनको आर्कषणको केन्द्र केन्द्र बनाउन आवश्यक नितीनिर्माण तथा समन्वय गर्ने प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठले बताउनुभयो ।
प्राकृतिक सौन्दर्यताले भरीपुर्ण तेम्बा ह्यारा क्षेत्र साहसिक पर्यटनको अत्याधिक सम्भावना भएको क्षेत्र हो । तप्राङ खोला (तेम्बा ह्यारा) महभिरमा भीरमौरीको महबाहेक क्यानोनिङ,रक क्लाईविङको समेत प्रचुर सम्भावना छ । उक्त अभियानमा गाउँपालिका उपाध्यक्ष रामेश्वर सिंखडा,गंगाजमुना पर्यटन बिकास समिती संयोजक रमेश ढकाल, विभिन्न वडाका वडा अध्यक्षहरु, जनप्रतिनीधी, संचारकर्मी, टानका प्रतिनिधी लगायतको सहभागी रहेको छ ।
प्रतिक्रिया दिनुहोस