धादिङ १७ बैशाख
निजी स्तरबाट सञ्चालित धादिङ जिल्लाकै प्रतिष्ठित विद्यालय एड्भान्स एकेडेमीले सोमबारबाट शैक्षिक यात्राको १८ औँ वसन्त पार गरि १९ औँ वर्षारम्भ गरेको छ ।
२०६३ वैशाख १७ गतेबाट शुरु भएको एड्भान्स एकेडेमीको शैक्षिक यात्रा आजबाट १९ औँ वर्षमा प्रारम्भ भएको हो । सञ्चालक समिति अध्यक्ष अर्जुन कुमार श्रेष्ठ(गोर्खाली)को सहभागीमा विद्यालयले आज एक कार्यक्रमको आयोजना गरि जन्म उत्सवको रुपमा केक काटेर मनाएको हो ।
उक्त कार्यक्रमकै अवसरमा कक्षा १ देखि १० कक्षा सम्मका विद्यार्थीहरुलाई अतिरिक्त क्रियकलाप (Ballon fight, Handwriting competition, Dwawing, Nepali Essay, Essay)मा सहभागी गराई प्रतियोगितामा प्रथम द्धितिय र तृतिय हुने विद्यार्थीहरुलाई प्रमाणपत्र तथा मेडलले सम्मान गरिएको फाउन्डर प्रिन्सिपल भिम बहादुर श्रेष्ठले रेडियो बिहानीलाई बताउनुभयो ।
उहाँले सम्पुर्ण अभिभावक, शिक्षक –तथा कर्मचारी,विद्यार्थीहरु, सरकारी कार्यालयहरु, स्थानीय सरकार, नागरिक समाज, विभिन्न संघसँस्थ, पत्रकार, मिडिया हाउसहरु, विभिन्न कालखण्डमा विद्यालयमा शिक्षण गर्नुहुने शिक्षक कर्मचारीहरु, शुभेच्छुक एवम सम्पुर्णमा एड्भान्स एकेडेमी परिवारमा हार्दिकआभार शुभकामना व्यक्त गर्नुभयो । प्रिन्सिपल श्रेष्ठले आगामी दिनमा पनि यहाँहरुको सकृय सहयोग र सल्लाह सुझावको आवश्यक रहेको बताउनुभयो ।
शैक्षिक गुणस्तर सुधार संगै सक्षम स्वास्थ्य असल नागरिकको सृजना गर्न एड्भान्स एकेडेमीले स्थापना काल देखि नै अभिभावक तथा विद्यार्थीमय शैक्षिक तथा अतिरिक्त क्रियाकलापहरु गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस