धादिङ १५ बैशाख
धादिङमा वडा प्रशासकीय भवन तथा मोटरेवल पुलको उद्घाछन भएको छ ।
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलले थाक्रे गाउँपालिका वडा नम्बर १ को खयरघारी सिमपानी सडकको मोटरेवल पुल र वडा नम्बर ३ नजिक बनेको ढोका भन्ञ्याङ पुल तथा ३ नम्बर वडा कार्यालयको प्रशासीय भवनको समुद्घाटन गर्नु भएको हो ।
प्रमुख अतिथीका रुपमा रहनुभएका बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलले प्रदेशले गर्ने बिकासमा बराबरी हुने र आगामी योजनाहरुले पनि थप बिकासमा टेवा पुग्ने बताउनुभयो ।
अहिले टुक्रे योजनाहरुभन्दा पनि ठूला योजनाहरुलाई बिषेश प्राथमिकता दिने उहाँको भनाई थियो । अधुरो पाठ्यक्रम रहेको कारण शिक्षा बिकासमा असर भएको भन्दै अब रोजगारमूलक शिक्षालाई जोड दिनुपर्ने मुख्यमन्त्री जमरकटेलको भनाई थियो ।
उक्त उद्घाटन कार्यक्रममा बागमती प्रदेशसभा सांसद मधु कुमार श्रेष्ठ,गाउँपालिका अध्यक्ष रामकुमार आचार्य,वडा अध्यक्षहरु राजनैतिक दल,सरोकारवाला व्यक्तित्व,पत्रकार लगायतको उपस्थिती रहेको थियो ।
photo.Toltolko khabar
प्रतिक्रिया दिनुहोस