धादिङ १५ बैशाख
धादिङको वेनीघाट रोराङ गाउँपालिका वडा नम्बर ६ को प्रशासकीय भवन र वडा नम्बर ६ स्थितकै स्यादुल सामूदायिक स्वास्थ्य ईकाईको नवनिर्मित कार्यालय भवनको उद्घाटन गरिएको छ ।
शनिबार वडा कार्यालयले एक भव्य कार्यक्रमको आयोजना गरि गाउँपालिका अध्यक्ष कृष्ण बहादुर थपलिया (विवेक)को प्रमुख आतिथ्यतामा उद्घाटन गरिएको हो । गाउँपालिकाबाट विनियोजित ६४ लाख लागतमा वडा कार्यालयको निर्माण सम्पन्न भएको हो ।
प्रमुख अतिथि कृष्ण बहादुर थपलिया (विवेक)ले वडा भरिका नागरिकको स्वास्थ्य अवस्थालाई मध्यनजर गरी व्यवस्थित स्वास्थ्य लाभ लिन नवनिर्मित भवनले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । वेनीघाट रोराङ गाउँपालिकाले देशकै ऐतिहासिक पोषण सुधार केन्द्रको स्थापना गरि कुपोषित वालवालिकाको जीवनलाई बचाईरहेको स्मरण गर्दै आगामी आर्थिक वर्षमा स्वास्थ्य क्षेत्रमा देखिने गरि प्रभावकारी रुपमा कार्यन्वयन गर्ने योजना ल्याउने स्पष्ट पार्नुभयो ।
त्यस्तै गाउँपालिका उपाध्यक्ष टाप बहादुर श्रेष्ठले प्राप्त ऐतिहासिक संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संस्थागत बिकासको मोडेललाई आत्मासाथ गरि वेनीघाट रोराङ गाउँपालिकाले उत्पादन तथा समूदाय केन्द्रित बिकासको नयाँ अवधारणा बनाई संबृद्धि वेनीघाट रोराङ निर्माणको परिकल्पना साकार पार्न सबै जनसमूदायको साथ र समर्थन आवश्यक रहेको स्पष्ट पार्नुभयो । गाउँपालिकाले स्वास्थ्य क्षेत्र संगै शिक्षा खानेपानी लगायतको बिकासमा अनुभुतिहुने गरि कार्य सञ्चालन गरिएको बताउनुभयो ।
उक्त भवन उदघाटन कार्यक्रममा स्वास्थ्य कार्यालय धादिङका प्रमुख डा.विभु कुमार झा, प्रमुख प्रशासीय अधिकृत नर्बदा घिमिरे, गाउँपालिका स्वास्थ्य शाखा प्रमुख ब्रजेश तामाङ,विभिन्न शाखागत प्रमुखहरु,कर्मचारी,स्वास्थ्य स्वयम सेवीका,आमा समूह पत्रकार,स्थानीय लगायतको सहभागीता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस