धादिङ १५ बैशाख
धादिङको वेनीघाट रोराङ गाउँपालिका पुर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको छ ।
शनिबार गाउँपालिकाले वडा नम्बर ६ स्यादुल स्थित पञ्चकन्या माविको प्राङगणमा एक भव्य समारोहको आयोजना गरि पुर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको हो ।
जिल्ला खोप समन्वय समितिको सदस्य सचिव तथा स्वास्थ्य कार्यालय धादिङका प्रमुख डा.विभु कुमार झा लगायतको समितीले पुर्ण खोप सुनिश्चितता पालिकाको प्रमाणपत्र गाउँपालिकालाई हस्तनतरण गरि धन्यवाद ज्ञापन गरिएको थियो ।
बेनीघाट रोराङ गाउँपालिकाले मासिक ३६ खोप केन्द्रहरुबाट करिव ६ सय ३५ जना बालबालिकाहरुले राष्टिय खोप तालिका अनुसार पूर्णखोप प्राप्त गरेको सेवा प्रदान गर्दै आएको छ ।
“स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागिता पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता “भन्ने रास्ट्रव्यापी मुल नारासहित खोप अभियान सञ्चालन भएको बेनीघाट रोराङ गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता प्रमाणीकरण गरिएको हो ।
सामाजिक विकाश समितिको संयोजक बेनिघाट रोराङ गाउँपालिका नं.६ को अध्यक्ष वडा खोप समन्वय समितिको अध्यक्ष टेकनाथ शिलवालको सभाध्यक्ष, बेनीघाट रोराङ गाउँपालिका अध्यक्ष तथा गाउँपालिका खोप समन्वय समितिको संयोजक कृष्ण बहादुर थपलिया विवेकको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । जस्को विशिष्ठ अतिथिहरुमा गाउँपालिका उपाध्यक्ष तथा खोप समन्वय समितिको सदस्य टाप बहादुर श्रेष्ठ,जिल्ला खोप समन्वय समितिको सदस्य सचिव डा.विभु कुमार झा,गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नर्बदा घिमिरे लगायतको रहेको थियो ।
वि.स २०३४ सालमा विस्तारित खोप आयोजनाको रुपमा प्रारम्भ भएको खोप कार्यक्रम हाल राष्ट्रिय खोप कार्यक्रममा रुपमा विस्तार भई नेपाल सरकारको उच्च प्राथमिकतामा रहेको कार्यक्रम हो । जनस्वास्थ्यको एक सफल कार्यक्रमको रुपमा सरकारले लागू गरिहरहेको छ, हाल १३ वटा रोग विरुद्ध निःशुल्क रुपमा प्रदान गर्दै आइरहेको छ । बेनीघाट रोराङ गाउँपालिकाले मासिक ३६ खोप केन्द्रहरुबाट करिव ६ सय ३५ जना बालबालिकाहरुले राष्टिय खोप तालिका अनुसार पूर्णखोप प्राप्त गरेको सेवा प्रदान गर्दै आएको छ ।
ख्याती प्राप्त राष्ट्रिय कलाकारहरुको वेजोड लोक सांस्कृतिक प्रस्तुनी रहेको उक्त कार्यक्रममा विभिन्न वडाका वडा अध्यक्षहरु,राजैनैतिक दलका प्रतिनिधी,विभिन्न आमासमूह, पत्रकार, कर्मचारी स्थानीय नागरिकहरुको उल्लेख्य सहभागीता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस