धादिङ १४ धादिङ
धादिङमा शैक्षिक सुधारको लागि अभिभावकहरुसंग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
शुक्रबार एड्भान्स एकेडेमी स्कुलले एक अन्तरक्रिया कार्यक्रमको आयोजना गरि प्लेग्रुप देखि युकेजी सम्म अध्ययन गर्ने साना वालवालिकाहरुको अभिभावकसंग शैक्षिक सुधार,भाषिक तथा घर व्यवहार र अभिभावकको भुमिकाबारे अन्तरक्रिया गरिएको हो ।
उक्त अन्तरक्रिया कार्यक्रममा वालवालिकालाई कसरी सकारात्मक कुरामा ध्यान केन्द्रित कसरी बनाउने,उनीहरुको व्यवहारिक कुरालाई कसरी पहिचान गर्ने,संस्कार, संस्कृति, सिप, स्वास्थ्य, सुरक्षा, सहयोग लगायतका ६ वटा स लाई अभिभावकले कसरी प्रयोग गर्ने भन्ने विषयमा लेखक तथा चाईल्ड केयर स्पेलाईटिस्ट सानु अमात्यले सहजीकरण गरिएको थियो ।
अभिभावकले छोराछोरी प्रति निम्न कुराको ज्ञान लिन आवश्यक रहेको सहजकर्ता चाईल्ड केयर स्पेलाईटिस्ट अमात्यले रेडियो बिहानीसंग बताउनुभयो ।
अ – अन्तर आत्मा देखिनै हाम्रा छोराछोरी प्रति समर्पित हुने ।
भि – भित्री तहसम्म पुगेर,भिजेर विश्लेषण र मूल्याङकन गर्ने ।
भा – भावानात्मक सम्बन्धका साथ मानवीय व्यवहारले विद्यालय व्यवस्थापनमा सहयोग गर्ने ।
व – वकालत वजनपुर्ण दृष्टिकोण गर्ने ।
क – कर्तव्यवान भई अभिभावकीय दायित्व पूरा गर्ने ।
त्यस्तै एड्भान्स एकेडेमीका प्रिन्सिपल भीम बहादुर श्रेष्ठले साना वालवालिकाहरुको मनोविज्ञानलाई सजिलै पत्ता लगाई सिकाई उपलब्धीलाई थप प्रभाकारीता बनाई उनीहरुको जीवनलाई सुन्दर बनाउन अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको रेडियो बिहानीलाई बताउनुभयो । –‘विद्यार्थीको पहिलो पाठशाला घर भएकाले घरबाटै सहज वातावारण कसरी र कुन व्यवहारबाट निर्माण गर्न सकिन्छ भन्ने कुरालाई प्राथमिकता दिएर अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको हो,हामीले शिक्षक शिक्षिकाहरुसंग पनि गर्ने छौँ ’– प्रिन्सिपल श्रेष्ठले भन्नुभयो ।
शैक्षिक गुणस्तर सुधार संगै सबल सक्षम स्वास्थ्य समझदारी मानवीय गुण र विवेक भएको असल नागरिकको सृजना गर्न एड्भान्स एकेडेमीले स्थापना काल देखि नै अभिभावक तथा विद्यार्थीमय कार्यक्रमहरु गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस