धादिङ १२ बैशाख
वैशाख १२ को विनाशकारी भूकम्पको आज ९ वर्ष पूरा भएको छ । २०७२ वैशाख १२ गते गोरखाको बारपाक केन्द्र बनाएर गएको भूकम्पको ९ वर्ष पूरा भएको हो ।
मध्याह्न ११ बजेर ५६ मिनेट जाँदा ७.६ रेक्टर स्केलको भूकम्प जाँदा आठ हजार ९७० जनाको मृत्यु भएको गृह मन्त्रालयको तथ्यांक छ। २२ हजार भन्दा घाइते भएका थिए भने पाँच लाख ११ हजार ३९० घर ध्वस्त भएको थियो । त्यस्तै दुई लाख ८६ हजार ७६७ घरमा आंशिक क्षति पुगेको थियो ।
भूकम्पबाट समग्रमा ३२ जिल्लामा क्षति पुगेको थियो । भूकम्पले गोरखा, धादिङ, नुवाकोट, रसुवा, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, ओखलढुंगा, सिन्धुली, काभ्रेपलाञ्चोक, भक्तपुर, काठमाडौँ, ललितपुर र मकवानपुर गरी १४ जिल्लामा धेरै क्षति पुगेको थियो।
यो भूकम्पका करिब सात खर्ब छ अर्ब बराबरको क्षति भएको अनुमान गरिएको थियो ।
यो महाभूकम्पको पुनर्निर्माणमा पौने चार खर्ब सकिएको छ । तर, नौ वर्षमा अझै ९२ हजार विस्थापित परिवारका घर पुनर्निर्माण हुन सकेका छैनन्। सिंहदरबार र धरहरालगायत अन्य कतिपय पुरातात्त्विक संरचना पनि अधुरै छन् ।
पुनर्निर्माणको जिम्मा पाएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण समेत २०७८ पुस ९ मा विघटन भइसकेको छ ।
गोरखा भूकम्पको सम्झनामा खानी तथा भूगर्भविभागले आज बृहत् फोटो प्रदर्शनी आयोजना गरेको छ ।
अनलाईन साभार
प्रतिक्रिया दिनुहोस