कपिल जम्कट्टेल
धादिङ, ०३ मङ्सिर
६ वर्षदेखि आमा प्यारालाइसिका कारण एउटै ओछ्यान परेकी, त्यही पीडा सहन नसकी बाबुले केही समय पहिला आत्महत्या गरेकाले बेसहारा बनेका धादिङ साङ्कोषकी करिना थापा मगरको परिवारलाई धादिङ लगायत देश विदेशबाट सहयोग रकम जुट्ने क्रम जारी रहेको छ । यसै सन्दर्भमा सुनगाभा एकेडेमी धादिङले पनि सामाजिक उत्तरदायित्व बहन गर्दै विद्यालयका शिक्षक तथा विद्यार्थीहरुबाट सहयोग रकम सङ्कलन गरी पीडित करिनाको परिवारलाई हस्तान्तरण गरेको छ । शिक्षक तथा विद्यार्थीहरुबाट सङ्कलित रु. ५ हजार १ सय ४० रकम पीडित करिना मगर अध्ययनरत विद्यालय साङ्कोष मा.वि.मा गएर विद्यालयका प्रधानाध्यापक तथा शिक्षक कपिल जम्कट्टेलले हस्तान्तरण गर्नुभएको हो ।
सोही अवसरमा नगदका साथै फलफूल समेत हस्तान्तर गरिएको हो । विद्यालयका प्रधानाध्यापक वद्रि लम्सालले पीडित परिवारका कुनै एक विद्यार्थीले सुनगाभा एकेडेमीमा पढ्न चाहेमा निःशुल्क पढाउने व्यवस्था गर्ने समेत बचन वद्धता गर्नभएको छ । पीडित करिनाको परिवारमा एक भाइ, एक बहिनी र बिरामी आमा रहेकी छन् ।
प्रतिक्रिया दिनुहोस