धादिङ ९ बैशाख
ने.क.पा माओवादी निकट अखिल क्रान्तिकारी नीलकण्ठ नगरसमितिद्धारा निशुल्क शिक्षा नितिको स्वागतमा पे्रस विज्ञप्ति जारी गरिएको छ ।
बैशाख ८ गते बसेको नगर कार्यपालिका समितिले नीलकण्ठ नगरपालिका भित्रका सरकारी विद्यालयहरुमा माध्यमिक तह (कक्षा १ देखि १२ सम्म ) पुर्णत निःशुल्क बनाउने निर्णय गरेकोमा आभार एवं धन्यवाद सहित हार्दिक स्वागत गर्दै उक्त विज्ञप्ति जारी गरेको हो ।
उक्त विज्ञप्तिमा अखिल (क्रान्तिकारी) को मुख्य एजेन्डा राज्यले प्रदान गर्ने शिक्षा निशुल्क, समान र समाजवादी शिक्षाको एजेण्डामा लाखौँ विद्यार्थीको सहभागिता एवं हजारौं विद्यार्थीको बलिदानबाट प्राप्त नेपालको संविधान २०७२, भाग ३ मा राखिएको मौलिक हक अन्तर्गत धारा ३१ को शिक्षा सम्बन्धी अधिकार, अनिवार्य तथा निशुल्क शिक्षा ऐन २०७५ साथै बागमती प्रदेश सरकारको अनिवार्य तथा निशुल्क शिक्षा कार्यक्रम, लगायत विगतमा निशुल्क शिक्षाको माग सहितका विभिन्न आन्दोलन, अखिल (क्रान्तिकारी) ले उठाएको मुख्य मुद्दा, विद्यार्थी तथा अविभावकहरुको आवश्यकता र चाहनालाई सम्बोधन गर्दै नीलकण्ठ नगरपालिकाको २०८० चैत ३० गतेको शिक्षा समितिको निणर्य हुदैं यहि बैशाख ८ गते बसेको नगर कार्यपालिका समितिले नीलकण्ठ नगरपालिका भित्रका सरकारी विद्यालयहरुमा माध्यमिक तह (कक्षा १ देखि १२ सम्म ) पुणर्त निःशुल्क बनाउने निणर्य गरेकोमा आभार एवं धन्यवाद व्यक्त गरिएको उल्लेख गरिएको छ ।
साथै उक्त महत्वपूर्ण जनपक्षीय मुद्दालाई निणर्य गर्न नेतृत्वको भुमिका निर्वाह गर्नुे नीलकण्ठ नगरपालिकाको नगर प्रमुख भिम प्रसाद ढुङगाना, नगर उप प्रमुख दिपक विश्वकर्मा, प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सुवेदी लगायत सम्पूर्ण कार्यपालिका टिम र शिक्षा शाखाको टिमलाई समेत आभार एवं धन्यवाद व्यक्त गरिएको समितिको अध्यक्ष श्रीकृष्ण रिजालले बताउनुभयो ।
साथै विद्यार्थी तथा अविभावकहरुको भावनाअनुसारको यस महत्वपूर्ण निणर्य कार्यान्वयनका लागि सम्पूर्ण विद्यालयका प्रध्यानाध्यापक, वि.व्य.स, अभिभावक, बौद्धिक व्यक्तित्वहरु, विद्यार्थी संघ संगठनका साथिहरुमा अपिल गरेको छ ।
प्रतिक्रिया दिनुहोस