धादिङ ९ बैशाख
जिल्ला प्रशासन कार्यालय धादिङले बुढीगण्डकी नदी किनारका वासिन्दा एवं सरोकारवालाहरुलाई आवश्यक सुरक्षा सतर्कता अपनाउन अनुरोध छ ।
आईतबार सहायक प्रमुख जिल्ला अधिकारी हुमनाथ पराजुलीद्धारा सुचना जारी गर्दै गोरखा जिल्ला, चुमनुव्री गा.पा. वडा नं. १, सामागाउँ स्थित रहेको बिरेन्द्र तालमा मनास्लु हिमालबाट अचानक झरेको हिम पहिरोले तालको पानी विस्थापन हुन गई नदीमा पानीको वहाव बढ्न गएको छ ।
उक्त क्रम अझ २४ घण्टासम्म रहन सक्ने जोखिम देखिएकोले बुढी गण्डकी नदी किनारका वासिन्दा एवं सरोकारवालाहरुलाई आवश्यक सुरक्षा सतर्कता अपनाउन अनुरोध गरेको हो ।
प्रतिक्रिया दिनुहोस