धादिङ ८ बैशाख
धादिङमा अगुवा महिला कार्यकर्ता स्कुलिङ्ग तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
शनिबार ने.क.पा माओवादी निकट अखिल नेपाल महिला संघ (क्रान्तिकारी) जिल्ला समन्वय समिति धादिङको आयोजनामा एक कार्यक्रमका साथ सम्पन्न गरेको हो ।
महिला अधिकारकर्मी एवम् सहिद स्मृति सञ्चार सहकारी संस्था लिमिटेड उपाध्यक्ष दिपा कंडेल (संगिता) कानुन तथा न्याय मानव अधिकार विकास समितिको सभापति विमला सुुवेदीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा धादिङ इन्चार्ज एवं केन्द्रिय समिति सदस्य पुष्प विक्रम मल्लको विशेष आतिथ्यता रहेको थियो ।
त्यस्तै कार्यक्रममा माओवादी केन्द्रिय सदस्य राम वहादुर भण्डारी, माओवादी केन्द्रिय सदस्य एवम् वागमती अध्यक्ष सुनिता गौतम, माओवादी केन्द्र धादिङ जिल्ला संयोजक एवम् सहिद स्मृति सञ्चार सहकारी संस्था लिमिटेड धादिङका अध्यक्ष मनराज भण्डारी, अखिल नेपाल संघ क्रान्तिकारीको उपाध्यक्ष दिपा बोहोरा, लक्ष्मी माझी, लक्ष्मी पाख्रिन(कृर्पा) लगायतको उपस्थिति रहेको थियो भने साथै सबै जनाले एउटा एउटा महत्वपुर्ण विषयमा प्रशिक्षण गराउनु भएको थियो ।
कार्यक्रममा सहभागी सम्पुर्ण अतिथिहरुले सम्पुर्ण सहभागी महिला नेतृहरुलाई आज सिकेका कुराहरु सबै आफ्नो कार्यक्षेत्रमा गएर लागु गर्न आग्रह गर्नूभयो । साथै महिलाहरुले नेतृत्व गरेको समाज र राष्ट्रमा धेरै सकारात्मक विकास आउने र कार्य सम्पादनमा सहजता मिल्ने बताउनुभयो ।
त्यस्तै कार्यक्रममा सहभागी सावित्री सुवेदी रेग्मीले आफुले सिकेका कुराहरु सक्रिय रुपमा आफ्नो कार्यक्षेत्रमा कार्यन्वयन गर्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस