धादिङ ०६ बैशाख
प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले धादिङको सदरमुकाम धादिङबेशीबाट रुवीभ्याली हुदै रसुवाको केरुङ नाका जाने सडकको स्तर उन्नतिमा विशेष ध्यान दिने र आवश्यक काम अगाडि बढाउने बताउनुभएको छ ।
रुविभ्याली गाउँपालिका अध्यक्ष रामसिंह तामाङले प्रधानमन्त्री निवास वालुवाटारमा पुगेर भएको भेटमा प्रधानमन्त्री प्रचण्डले सो कुरा बताउनुभएको हो । प्रधानमन्त्री प्रचण्डले रुविभ्याली गाउँपालिकाका जनतालाई तिब्बतको केरुङ नाका पासको लागि सम्बन्धित निकायमा पहल गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।
अध्यक्ष तामाङले धादिङको उत्तरी भेग दुर्गम गाउँपालिका खनियावास र रुविभ्याली गाउँपालिकाको बिकास र संबृद्धिमा प्रधान मन्त्री प्रचण्डलाई ध्यानकर्षण समेत गरिएको छ । –‘ प्रधानमन्त्री ज्यू संग बिशेष भेट गर्ने अवसर जुट्यो,भेटमा रुबी भ्याली गाउँ पालिकाको वर्तमान अवस्थाका बारेमा छलफल भयो अनि केरुङ नाकामा रुविभ्याली गाउँ पालिकालाई पनि आवतजावत पासको लागि पहल गरिदिनको लागि अनुरोध गरियो, यो काम गर्ने सरकार हो सम्भवत रुविभ्यालीको चाहना पुरा हुनेछ ’–अध्यक्ष तामाङले भन्नुभयो ।
रुविभ्याली गाउँपालिका अध्यक्ष रामसिंह तामाङले समग्र गाउँपालिकाको बिकास र संबृद्धिमा चासोका साथ जनप्रिय काम गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस