धादिङ ०६ बैशाख
नेकपा माओवादी केन्द्र धादिङले नीलकण्ठ न.पा ५ खाल्टे दुर्घटनामा घाईते भएकालाई उपचारको लागि आर्थिक सहयोगको अपिल गरेको छ ।
बुधबार जिल्ला संयोजक मनराज भण्डारी (शैलेस) र सचिव दिपक लामिछाने (सुवोध)द्धारा हस्ताक्षर भएको एक विज्ञप्ति जारी गर्दै घाइतेहरुको उपचारमा कुनै कमी नहोस् भनी वडा नं.–५ का निर्वाचित वडा अध्यक्ष रामबहादुर श्रेष्ठ नाममा रहेको एन आइ सी एसिया बैंक खाता नं.५५८७६६९४७५५२४००१,)मा सहयोग गरिदिनुहुन सम्पूर्ण पार्टी पङ्ती, सहयोगी हातहरु, सबै तहका सरकारलाई हार्दिक अपिल गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
उक्त दुखद दुर्घटनामा मृत्यू भएका र थप उपचारको क्रममा मृत्यू भएकाप्रति भावपुर्ण श्रद्धाञ्जली व्यक्त गर्दै उपचारतमा रहेका घाईतेको शिघ्र स्वास्थ्य लाभको कामना सहित आर्थिक सहयोगको अपिल गरिएको विज्ञप्तिमा भनिएको छ ।
गत बैशाख २ गते बिहान करिब १०ः०० बजेको समयमा नीलकण्ठ नगरपालिका वडा नं.–५, पतेनीबाट गोठेमल बोकेर बारीतर्फ जाँदै गर्दा बा. ३ ख. ८९४७ नम्बरको आइचर गाडी सडक भन्दा ७५ मिटर खसेर दुर्घटना भएको थियो ।
उक्त दुर्घटनामा परी सन्तोष रम्तेलको घटना स्थलमै र रामबहादुर रम्तेल (गोपी) को जिल्ला अस्पताल धादिङमा उपचारको क्रममा निधन भएको थियो भने अन्य ७ जना गम्भीर घाइतेलाई तत्काल नेपाली सेनाको हेलिकोप्टर र एम्बुलेन्स मार्फत थप उपचारको लागि काठमाण्डौं रिफर गरिएको थियो । त्यस्तै बैशाख ४ गते काठमाण्डौंमा उपचारको क्रममा प्रितम मजकोटी र विष्णु बहादुर श्रीमलको समेत मृत्यू भएको थियो ।
नेकपा माओवादी केन्द्र धादिङले जनताको दुःख समस्य र मागहरुहरुलाई पार्टीको तर्फबाट सक्दो सहयोग समेत गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस