धादिङ ०२ वैशाख
धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाले अतिक्रमित सार्वजानिक स्थान खाली गर्न १५ दिने सूचना निकालेको छ ।
आईतबार गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत चम्पा भट्टाद्धारा हस्ताक्षर भएको एक सूचना जारी गर्दै नेपाल सरकार गृह मन्त्रलयले सार्वजानिक सम्पति संरक्षण गर्न २०८० साल चैत २५ गते परिपत्र गरिएअनुसार सूचना प्रकाशन भएको १५ दिन भित्र गाउँपालिका वडा नम्बर १ स्थितको एक्लेवर, पान्धारे डिल, हात्तीसुडे डिल, वसौला गाउँ,पौवा डिल लगायतका ऐतिहासिक मन्दिर, पौवा, चौर लगायतका क्षेत्र खाली गर्न सूचनामा उल्लेख गरिएको छ ।
सूचनालाई वेवास्ता गरी अटेर गरेमा नियमानुसार कारवाही हुने समेत सूचनामा भनीएको छ ।
प्रतिक्रिया दिनुहोस