धादिङ २ वैशाख
धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ५ खाल्टेमा गोठे मल बोक्दै बारीमा लाने क्रममा मिनिट्रक दुर्घटना भएको छ । मिनिट्रक दुर्घटना हुँदा २ जनाको मृत्यू भएको छ, ८ जना घाईते भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
वडा नम्बर ५ स्थितको पतेनीबाट राम्चे गईरहेको बा २ ख ८९४७ नम्बरको ट्रक सडकबाट करिब ५ सय मिटर तल खोलामा खसेर दुर्घटना भएको हो ।
घाईतेलाई धादिङ अस्पतालमा ल्याईएको छ । गम्भीर घाईते भएकालाई थप उपचारको लागि हेलिकप्टेर मार्फत काठमाण्डौ लैजारी तयारी भैरहको छ ।
प्रतिक्रिया दिनुहोस