धादिङ २८ चैत्र
धादिङको त्रिपुरा सुन्दरी गाउँपालिकामा कृषि हाटबजारको उद्धघाटन गरिएको छ ।
गाउँपालिका क्षेत्रभित्र उत्पादित खाद्यान्न, तरकारी ,फलफुल ,नगदेबाली तथा पशुपन्छी लगायत विभिन्न कृषि उपजहरुको माग र उत्पादनलाई मध्यनजर गर्दै गाउँपालिकाका कृषकहरुलाई स्थानीय उत्पादन वृद्धिमा थप हौसला प्रदान गर्न उक्त हाटबजार सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष राजु उप्रेतीले बताउनुभयो ।
गाउँपालिकाको नीति अनुरुप उत्पादित कृषि उपजहरुको सरल तरिकाले विक्री वितरणको व्यबस्था र बजार प्रणालीको विकास गर्न आवश्यक ठानी कृषकहरुबाट उत्पादित कृषि उपजहरुबाट कृषक ,उपभोक्ता , व्यापारी समेतलाई लाभान्वित गर्न सुरक्षित ,सफा र स्वच्छ हाट बजार निर्माण गर्ने अवधारणालाई विधिवत रुपमा संचालन गरिएको हो
प्रतिक्रिया दिनुहोस