धादिङ २७ चैत्र
ने.क.पा माओवादी निकट जनसांस्कृतिक महासंघ नेपाल जिल्ला समिति धादिङको प्रथम जिल्ला सम्मेलन सम्पन्न भएको छ ।
मंगलबार धादिङवेशी सदरमुकाम पार्टी कार्यलयमा एक कार्यक्रमको आयोजना गरि उक्त सम्मेलन सम्पन्न गरेको हो ।
जनसांस्कृतिक महासंघका केन्द्रीय ईन्चार्ज ईश्वर चन्द्र ज्ञवालीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा ने.क.पा माओवादीका केन्द्रीय सदस्य रामबहादुर भण्डारी, माओवादी केन्द्र धादिङको जिल्ला संयोजक मनराज भण्डारी(शैलेश), जनसांस्कृतिक महासंघ बागमती प्रदेश ईन्चार्ज विमला के.सी, जनसांस्कृतिक महासंघ बागमती प्रदेशका अध्यक्ष विश्व दोङ लगायत विभिन्न प्रतिनिधीहरुको उपस्थिति रहेको थियो ।
साथै उक्त सम्मेलनबाट उमेश कुमार कंडेलको संयाजकत्वमा १३ सदस्यीय जिल्ला समिति गठन गरिएको छ । जसमा कुसुम तामाङ, शरण अधिकारी, कृष्ण बहादुर सुनार,खड्क चेपाङ, रविन उपाध्यय, सोम बहादुर तामाङ, सपना कुँवर, संगित तामाङ, निरा श्रेष्ठ, टिकाराम चेपाङ, रञ्जिता परियार र दर्शन नेपाल रहेका छन् ।
त्यसै गरि उक्त सम्मेलनले जनसांस्कृतिक महासंघ बागमती प्रदेश समिति सम्मेलनमा प्रतिनिधीको रुपमापठाईने व्यक्तिहरुको नाम समेत सार्वजनिक गरेको छ जसमा भरत बरकोटी गजुरी गाउँपालिका, उमेश कंडेल बेनिघाट रोराङ गाउँपालिका, कुशुम तामाङ नीलकण्ठ नगरपालिका, शिव अनुराग ज्वालामुखी गाउँपालिका, कुमार लामा धुनिवेशी नगरपालिका र सरोज सिंखडा त्रिपुरा सुन्दरी गाउँपालिका रहेका छन् ।
प्रतिक्रिया दिनुहोस