धादिङ ०२ मङ्सिर
छ बर्षदेखि लडेर एउटै थलोमा अचेत अवस्थामा परेकी आमा,१२ दिन अघि मात्रै बाबुले गरेका आत्महत्याको सहनै नसक्ने पिडा , आफुभन्दा साना दुई भाइबहिनी त्यसमा पनि कान्छी बहिनीको शरीरमा देखिएको अनौठो प्रकृतिको रोग, आमा र बहिनीको उपचार तथा गाँस बासको जिम्मेवारी लिन बाध्य १३ बर्षिया बालिका करिना थापामगरको अवस्थालाई दिर्घकालीन सहजीकरणका लागि धादिङमा विभिन्न पेसा व्यवसाय गरेर बस्ने अशोक कुमार बस्नेतको संयोजकत्वमा रहेको १६ जनाको डायमण्ड इन्भेस्टमेन्ट ग्रुपको रुपमा अगाडि बढ्दै गरेको एउटा समूहले आफ्नो जन्मदिन तथा अन्य शुभकार्य बापत सामाजिक कार्यका लागि निरन्तर संकलन गर्दै गरेको सोसिएल फण्डको रकमबाट करिना थापामगरलाई १२ कक्षा सम्म पढाइमा लाग्ने शैक्षिक खर्च स्वरुप बार्षिक रु १५,००० बेहोर्ने गरी सम्झौता गरेको छ ।
यस्तै अशोक कुमार बस्नेतकै अध्यक्षतामा नीलकण्ठ ३ बीचबजारमा रहेको स्वर्णिम बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले समेत करिना थापा मगरलाई रु ५००० बचत सहितको निशुल्क बाल बचत खाता सञ्चालन गरी थप सहयोग समेत जुटाउनुका साथै १२ कक्षा उत्तीर्ण हुनासाथ स्वर्णिम सहकारी संस्थाकै कुनै एउटा डिपार्टमा रोजगारीको ग्यारेन्टी गरिदिने सम्झौता समेत गरेको छ । सम्झौता सहकारीका पदाधिकारीहरु तथा नीज करिना थापामगर अध्ययनरत साङ्कोस मा.वि. का शिक्षक नवराज सापकोटाको उपस्थितिमा भएको छ । जसले गर्दा करिना थापामगर जस्तै बाँकी दुई भाइबहिनी तथा आमाको उपचार तथा अन्य ब्यवस्थापनका लागि पनि दीर्घकालीन ब्यवस्थापनका लागि राज्यका विभिन्न निकाय, संघ संस्थालाई सामाजिक दबाब परी उचित ब्यवस्थाप का लागि थप सहज हुने अशोक कुमार बस्नेतले बताउनु भयो । उक्त समूहका सदस्यहरुमा डिल बहादुर गुरुङ, रामहरि अधिकारी, अम्बिका घिमिरे श्रेष्ठ, भरत प्रसाद रिजाल, अनिता सिलवाल, प्रताप कडेल, इवराज थापा, रामकाजी थापा, पुर्ण प्रसाद रेग्मी, रोजिना अधिकारी, रबिन्द्र रिजाल, गोपाल बहादुर तामाङ, शान्ति अधिकारी, चिन्तामणी रिजाल तथा वीर बहादुर थापा छन् ।
प्रतिक्रिया दिनुहोस