धादिङ २६ चैत्र
धादिङका पत्रकार अर्जुन श्रेष्ठ र राजाराम डंगोल क्रियाशिल पत्रकारिता पुरस्कारबाट सम्मानित हुनु भएको छ ।
प्रेस चौतारी नेपाल जिल्ला समिति धादिङले प्रदान गरेको प्रेस चौतारी क्रियाशिल पत्रकारिता पुरस्कार–२०७९ बाट श्रेष्ठ पुरस्कृत हुनु भएको हो भने प्रेस चौतारी क्रियाशिल पत्रकारिता पुरस्कार–२०८० बाट डंगोल सम्मानित हुनु भएको हो ।
श्रेष्ठलाई नागरिकको सूचनाको हक एवं अभिव्यक्ति स्वतन्त्रता रक्षाका लागि उल्लेखनीय योगदान पु¥याउदै आएको भन्दै क्रियाशिल पत्रकारिता पुरस्कार प्रदान गरिएको हो । श्रेष्ठ २०६७ सालदेखि सक्रिय पत्रकारितामा रहनु भएको छ। श्रेष्ठ हाल नयाँ पत्रिका राष्ट्रिय दैनिकका जिल्ला संवाददाता, रेडियो धादिङका कार्यक्रम संयोजक र नेपालपथ डटकमका सम्पादक हुनुहुन्छ ।
श्रेष्ठसहित राजाराम डंगोल पनि सम्मानित भएको हो । उहाँ रेडियो कृषिको कार्यक्रम संयोजक र टोलटोलको खबर डटकमको संचालक हुनुहुन्छ ।
पुरस्कृत श्रेष्ठ र डंगोललाई नगदसहित सम्मान–पत्र र दोसल्ला ओडाएर सम्मान गरिएको हो ।
प्रतिक्रिया दिनुहोस