धादिङ २२ चैत
धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर २ स्थित महेन्द्र माध्यमिक विद्यालयमा किशोरीहरुका लागि आत्मरक्षा सम्बन्धी २ दिने तालिम समापन भएको छ ।
जिल्ला युवा समिती धादिङको आयोजनामा प्रदेश युवा परिषद बागमती प्रदेशको आर्थिक सहयोगमा सञ्चालन भएको आत्मरक्षा सम्बन्धी तालिममा विद्यालयमा अध्ययनरत ३० जना किशोरीहरुको सहभागी रहेको थियो ।
प्रदेश युवा स्वंयम् सेवक सपना दाहालको अध्यक्षता नीलकण्ठ नगरपालिका उपप्रमुख दिपक विश्वकर्माको प्रमुख आतिथ्यतामा समापन भएको हो । जसको विशिष्ट अतिथिको रुपमा वडा नम्बर २ का वडा ध्वज बहादुर गुरुङ,विद्यालयका प्रधानध्यापक नवराज रेम्मी रहेको थियो ।
प्रमुख अतिथि एवंम नगर उपप्रमुख दिपक विश्वकर्माले समाज रुपान्तरणमा महत्वपुर्ण भूमिका नारी अर्थात किशोरीहरुको हुन्छ,वर्तमान नेपालमा सुनिने देखिने एउटा मुद्धाको रुपमा स्थापित यौन हिँसा, लैङिगक हिंसा,बलात्कार,लुुटपाट जस्ता कानुनविपरीतका कार्यहरु अप्रिय रुपमा घट्ने हुँदा आत्मरक्षा सम्बन्धी तालिमले किशोरीहरुलाई सहज सचेत हुन मद्धत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले बागमती प्रदेश सरकारले धादिङ जिल्लामा किशोरीहरुको लागि पहिलो नमुना र महत्वपुर्ण काम गरेको बताउदै स्थानीय तह सरकार पनि समन्वय सहकार्य गरि हरेक गाउँबस्ती शैक्षिक संघ संस्था लगायतमा सचेतना पुराउन तयार रहेको बताउनुभयो ।
त्यस्तै वडा अध्यक्ष ध्वज बहादुर गुरुङले आत्मरक्षा सम्बन्धी तालिमलाई व्यवहारमा लागू गर्न आग्रह गर्दै घरपरिवार आफन्त टोल छरछिमेकमा समेत सचेत गराउन किशोरीहरुलाई आग्रह गर्नुभयो । लैङिगक हिंसा महिला हिंसा,वलात्कार जस्ता घटनालाई न्यूनीकरण गर्न वडा सरकारले पनि नागरिक वर्गमा सचेतना फैलाईरहेको बताउनुभयो ।
त्यस्तै विद्यालयका प्रधानध्यापक नवराज रेग्मीले किशोरीहरुलाई दिएको आत्मरक्षा सम्बन्धी सीपमूलक तालिम महत्वपुर्ण रहेको बताउदै हरेक शैक्षिक संस्थामा पुराउन आवश्यक रहेको बताउनुभयो ।
आत्मरक्षा सम्बन्धी तालिमले असहज परिस्थितीमा आफुलाई सरक्षित गराउन सक्ने भएकोमा आयोजक संस्थाप्रति धन्यवाद दिदै प्रदेशले मात्र नभई स्थानीय तह सरकारले कार्यक्रमनै बनाएर लागू गर्न सहभागीको माग थियो ।
२ दिन सम्म सञ्चालन भएको तालिमको प्रशिक्षकको रुपमा बेतिमाया तामाङ र गौरी तामाङले सहजीकरण गर्नुभएको थियो । बुधबारबाट सुरु भएको तालिम आज विहीबार समापन भएको हो ।
प्रतिक्रिया दिनुहोस