धादिङ २२ चैत्र
नेपालकी चर्चित कराते खेलाडी एरिका गुरुङ र राष्ट्रिय टिमका प्रशिक्षक कुशल श्रेष्ठ अमेरिकामा सम्मानित हुनुभएको छ ।
१९औँ एसियाली खेलकुद (एसियाड)मा ऐतिहासिक रजत पदक जितेकी एरिका र प्रशिक्ष कुशल युएसए ओपन कराते च्याम्पियनसिपमा सहभागीता जनाउन अमेरिका पुगेको अवस्थामा सम्मान गरिएको हो ।
एरिका र १०औँ साग गेम्सको स्वर्ण पदक विजेता समेत रहनुभएका प्रशिक्षक कुशललाई मोमो हाउस ह्युस्टनले १५ सय अमेरिकी डलरसहित बिहीबार सम्मान गरेको हो । खेलाडी र प्रशिक्षक सम्मान कार्यक्रममा टेक्सासको ह्युस्टनमा बस्ने नेपालीको उपस्थिति थियो ।
गत २८ मार्चदेखि अप्रील १ सम्म अमेरिकाको टेक्सासमा भएको युएसए ओपन कराते च्याम्पियनसिपमा एरिकाले १८ देखि २० वर्ष उमेरको ६८ केजी तौल समूहमा स्वर्ण र ६८ केजी तौल समूहको खुलामा रजत पदक जित्नुभएको थियो । युएसए ओपन च्याम्पियनसिपमा नेपाली खलाडीले स्वर्ण जितेको यो पहिलो पटक हो ।
एरिकाले अमेरिकामा जितेको यस पदकले आगामी प्रतियोगितालाई थप सहयोग पुग्नेको प्रशिक्षक कुशलले बताउनुभयो । सम्मानले थप हौसला मिलेको र अब २०औँ एसियन गेम्स र आगामी जुलाईमा भुटानमा आयोजना हुने आठौँ साउथ एसियन कराते च्याम्पियनसिमा पदक जित्नपनि उक्त प्रतियोगिता फलदायी बनेको प्रशिक्षक कुशलले बताउनुभयो ।
उहाँकाअनुसार अमेरिका पुगेको कराते टोली चैत २७ गते नेपाल फर्कनेछ ।
अनलाईन साभार
प्रतिक्रिया दिनुहोस