धादिङ २१ चैत
धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर २ स्थित महेन्द्र माध्यमिक विद्यालयमा किशोरीहरुका लागि आत्मरक्षा सबन्धी २ दिने तालिम सुरु भएको छ ।
बुधबार जिल्ला युवा समिती धादिङको आयोजनामा प्रदेश युवा परिषद बागमती प्रदेशको आर्थिक सहयोगमा २ दिने आत्मरक्षा सम्बन्धी तालिम सुरु भएको हो ।
प्रदेश युवा स्वयम् सेवक सपना दाहालको अध्यक्षता नेकपा माओवादी केन्द्र जिल्ला संयोजक तथा सहिद स्मृति सञ्चार सहकारी संस्था लिमिटेडको अध्यक्ष मनराज भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
वडा नम्बर २ का वडा ध्वज बहादुर गुरुङ,विद्यालय व्यवस्थापन समिती अध्यक्ष रामचन्द्र नेपाल लगायतको विशिष्ट अतिथि रहेको थियो बुधबारबाट सुरु भएको तालिम विहीबार समापन हुने आयोजकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस