धादिङ २१ वेनीघाट धादिङ
धादिङको वेनीघाट रोराङ गाउँपालिकामा वन पर्यावरण संरक्षण तथा वन डढेलो नियन्त्रणको लागी पत्तर सङ्कलन सप्ताह सुरु भएको छ ।
बुधबार गाउँपालिकाको आयोजना डिभिजन वन कार्यालय धादिङ र सव डिभिजन वन कार्यालय वेनीघाटको सहकार्यमा वडा नम्बर ५ स्थित बिशाल संयुक्त सामुदायिक वनमा पत्तर सङ्कलन गरि डढेलो नियन्त्रणको डेमो(नमुना) प्रदर्शन गरिएको हो ।
गाउँपालिकाले प्राकृतिक वन तथा बनस्पति,जंगली जनावर र मानवीय जन धनको क्षति न्यूनीकरण गर्न गाउँपालिका भरिका सामुदायिक वन उपभोक्त समितिलाई वन डढेलो नियन्त्रण र सचेतना कार्यक्रम संचालन गरिने गाउँपालिका उपाध्यक्ष टाप बहादुर श्रेष्ठले सामुदायिक रेडियो रेडियो बिहानीलाइ बताउनु भयो ।
उहाँले डढेलो नियन्त्रणको उपकरण र तौरतारिकाको अभावले मानवीय क्षति समेत हुन पुगेकोमा दुःख व्यक्त गर्दै वन पर्यावरण संरक्षण सम्बर्द्धनमा नागरिक आफैको सक्रिय सहभागी हुनु पर्ने स्पष्ट पार्नु भयो ।
त्यस्तै प्रमुख प्रशासकिय अधिकृत नर्बदा घिमिरेले वन डढेलो नियन्त्रणका पुर्व तयारी,वन संरक्षणका लागी स्थानीय नागरिकको भुमिका जस्ता सचेतना अभियान संचालन गरि रहेको अवस्थामा चासो चिन्ता र कार्यन्वयन भने सामुदायिक वन उपभोक्त समितिले गर्न अवास्यक रहेको औल्याउनुभयो ।
वन डढेलोको कारणले नै मानिस र जंगली जनावर बीचको द्वन्द बडेको हुदा किसानले बाली समयमा भित्र्याउन नसक्नु,बाघको आतंक बड्नु जस्ता समस्या चुनौतीको रुपमा खडा भएको छ,यसबारे वेनीघट रोराङ गाउपालीका गम्भीर र सचेत रहेको प्रमुख प्रशासकीय अधिकृत घिमिरेको भनाइ छ ।
उक्त कार्यक्रममा गाउँपालिका उपाध्यक्ष टाप बहदुर श्रेष्ठ,प्रमुख प्रशासकीय अधिकृत नर्बदा घिमिरे,५ नम्बर वडा अध्यक्ष रोशन कुमार सिलवाल, २ नम्बर वडा अध्यक्ष हेमराज भुजेल,गाउँपालिका विपत व्यवस्थापन शाखामा कार्यरत मणिराज गुरुङ,सामूदायिक वन उपभोक्ता समिती लगायत स्थानीय नागरिकहरुको सहभागी रहेको थियो ।
गाउँपालिकाले वन संरक्षण सम्बन्धी सचेतनामूलक कार्यक्रमले वनसंरक्षणमा सहज हुने र विपत व्यवस्थापनका उपकरण सामाग्री तथा अन्य कार्यक्रमहरु आगामी आर्थिक वर्षहरुमा गाउँपालिकाले विशेष जोड आवश्यक रहेको स्थानीय नागरिकहरुको भनाई छ ।
केहि दिनको हावाहुरी र वर्ष संगै खडेरी लाग्न थालेको छ,यसरी नै खडेरी लम्बिने हो भने वन बिनास र मानवीय जनधनको क्षति गराउन सक्छ त्यसैले सबै सरोकारवाला निकाय समुदाय नागरिकहरु सचेत हुन जरुरी छ ।
प्रतिक्रिया दिनुहोस