धादिङ २० चैत्र
धादिङमा ६७ औ राष्ट्रिय सहकारी दिवसको अवसरमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
नीलकण्ठ नगरपालिका–८ साँघुटारमा अवस्थित रामकोट बचत तथा ऋण सहकारी संस्था लिमिटेडले मंगलबार खुल्ला रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।
नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार सेवा केन्द्र धादिङको प्राविधिक सहयोगमा सम्पन्न गरिएको रक्तदान कार्यक्रममा १५६ जना पुरुष र ७० जना महिला गरि २२६ जनाले रक्तदान गरिएको नीलकण्ठ नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष प्रकाश कुमार श्रेष्ठले जानकारी दिनुभयो ।
मंगलबार भएको उक्त रक्तदान कार्यक्रमले धादिङ जिल्लाको नयाँ ईतिहासमा रचेको छ । विगत देखि अहिले सम्म नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार सेवा केन्द्र धादिङको सहयोगमा भएको सम्पुर्ण कार्यक्रम मध्ये रामकोट बचत तथा ऋण सहकारी संस्था लिमिटेड संस्थाले सबै भन्दा बढि रक्तदान गर्न सफल भएको छ ।
यस अघि ज्वालामुखी गाउपालिकामा २१६ जनाले रक्तदान गरेको थियो । उक्त रक्तदान कार्यक्रममा मण्डली महिला विकास बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, मुरलीभञ्याङ साना किसान कृषि सहकारी संस्था लिमिटेड, शितल चौतारा कृषि तथा पशुपालन सहकारी संस्था लिमिटेड, ज्वालामूखी कृषि तथा पशुपालन सहकारी संस्था लिमिटेड, आकुरा कृषि तथा पशुपालन सहकारी संस्था लिमिटेड, श्री उद्यमशील कृषि सहकारी संस्था लिमिटेड, वन पैदावर उद्योग व्यवसायी समाज धादिङ, नीलकण्ठ नगरपालिका वडा नम्बर ८ र ९को कार्यालय, साँघुटार टोल विकास संस्था, विन्दुकेशरा टोल विकास संस्था, नीलकण्ठ नगरपालिका वडा नम्बर ८ र ९ को वडा स्थास्थ्य चौकी, नेपाल रेडक्रस सोसाइटी, मुरलीभञ्याङ उपशाखा सह–आयोजक रहेका अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।
नेपाल रेडक्रस सोसाईटि धादिङले सगतको अभाव हुन नदिन जिल्लामा सञ्चालन हुने विभिन्न संघ संस्थाको कार्यक्रम वार्षिकोत्सव, मेला पर्वहरुमा रक्तदान कार्यक्रमको आयोजना गर्दै आईरहेको छ ।
प्रतिक्रिया दिनुहोस