धादिङ १८ चैत
धादिङको गजुरी गाउँपालिकामा सामूदायिक वन संरक्षण सम्बर्धनको लागि स्थानीय सरकार र सरोकारवालाहरुसंग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
आईतबार गाउँपालिका अध्यक्ष गणेशलाल श्रेष्ठकोे अध्यक्षता,उपाध्यक्ष तथा सामूदायिक वन उपभोक्ता महासंघ नेपालका केन्द्रिय सदस्य शर्मिला विसुराल,सामूदायिक वन उपभोक्ता महासंघ नेपालका केन्द्रिय कोषाध्यक्ष शान्त न्यौपाने, भिजन वन कार्यालयका प्रमुख विष्णु प्रसाद आचार्य लगायतको विशिष्ठ आतिथ्यतामा सम्पन्न भएको हो ।
गजुरी गाउँपालिकाको आयोजना डिभिजन वन कार्यालय धादिङको सहयोग र सामूदायिक वन उपभोक्ता महासंघ नेपाल स्थानीय महासंघ गजुरीको समन्वयमा उक्त अन्तरक्रिया कार्यक्रम गरिएको हो ।
उक्त अन्तरक्रिया कार्यक्रममा वन तथा वातावरण सम्बन्धी संबैधानिक एवं कानुनी व्यवस्था तथा स्थानीयतहले आगामी आर्थिक वर्षको नीती तथा कार्यक्रममा अगाडि सार्नुपर्ने एजेण्डा, जिल्लामा सामूदायिक वनको एकीन तथ्याङका,नवीकरणको अवस्था, स्थानीय संञ्चालन ऐनले वन संरक्षण,नदीजन्य पदार्थ,प्राकृतिक स्रोत संरक्षणका अधिकार तथा कानुनी प्रावधान उपर सहजीकरण गरिएको हो ।
वन संरक्षण सम्बर्धनमा महिला पुरुषको समान सहभागीता,सुन्दर हरियाली गाउँपालिका निर्माण गजुरीको आवश्यकता,भन्ने नारालाई सार्थकता दिन सबै नागरिक जनप्रतिनिधी विषयगत विज्ञ लगायतसंग समन्वय सहकार्य गरि वन पर्यावरण जागाउन काम गर्नुपर्ने सहभागीको भनाई छ ।
धादिङमा ७ सय १७ सामूदायिक वन उपभोक्ता समिती रहेका छन् तर नवीकरण गर्न ४ सया २४ उपभोक्ता समितीको भने बाँकी छ ।
गाउँपालिका कर्मचारी विष्णु माया चेपाङले सञ्चालन गरिएको कार्यक्रममा सामूदायिक वन उपभोक्ता महासंघ नेपालका केन्द्रिय तथा बागमती प्रदेश प्रतिनीधी, विभिन्न राजनैतिक दलका प्रतिनिधी,पत्रकार,जनप्रतिनिधी,नागरिक समाज,सरोकारवाला पक्षको सहभागीता रहेको थियो ।
डिभिजन वन कार्यालय धादिङका प्रमुख विष्णु प्रसाद आचार्यले धादिङको १३ वटै स्थानीय तहसंग समन्वय गरि वन तथा जंगली जनावर संरक्षण,कानुनी व्यवस्था,वन डढेलो नियन्त्रण सचेतना कार्यक्रम सञ्चालन, स्थानीयतह सरकारले गर्न सकिने काम कार्तव्य अधिकार बारे प्रकाश पार्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस