कृष्ण बहादुर लामिछाने
गोरखा ०२ मङ्सिर
बुढी गण्डकी वृद्धाश्रम विकास केन्द्र भिमसेन थापा गाउँ पालिका ३ अमिलिचौर आरुघाट गोरखाको चौथो साधारण सभा तथा तेस्रो अधिवेशन सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि आरुघाट गाउँ पालिकाका अध्यक्ष पूर्ण बहादुर दाहाल र विशेष अतिथि भिमसेन थापा गाउँ पालिकाका सामाजिक विकास समितिका संयोजक नारायण भट्टराईले संयुक्त रुपमा दीप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । वृद्धाश्रम विकास केन्द्रका उपाध्यक्ष लेखनाथ खनालले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा वृद्धाश्रम विकास केन्द्रका अध्यक्ष चित्र कुमार श्रेष्ठ, सचिव वसन्तमान श्रेष्ठ र कोषाध्यक्ष दिल प्रसाद श्रेष्ठले आ आफ्नो पदिय जिम्मेवारीको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा अधिकांश वक्ताहरुले वृद्धाश्रमलाई अरु व्यवस्थित गर्दै लैजानुपर्ने र बुढी गण्डकी जलासययुक्त परियोजनाको डुबान क्षेत्रमा रहेको यस वृद्धाश्रमलाई पुनः स्थापनामा विशेष ध्यान पु¥याउनुपर्ने कुरामा जोड दिएका थिए ।
बुढी गण्डकी वृद्धाश्रम विकास केन्द्रका अध्यक्ष चित्र कुमार श्रेष्ठको अध्यक्षता रहेको सभामा आरुघाट गाउँ पालिकाका अध्यक्ष पूर्ण बहादुर दाहालको प्रमुख आतिथ्यता रहेको थियो । भिमसेन थापा गाउँ पालिकाका सामाजिक विकास समितिका संयोजक नारायण भट्टराईको विशेष आतिथ्यता रहेको समारोहमा जिल्ला समन्वय समिति धादिङका सदस्य कमल नारायण श्रेष्ठ, आरुघाट गाउँ पालिका वडा नं. ९ का अध्यक्ष डिल बहादुर रोक्का, भिमसेन थापा गाउँ पालिका वडा नं. ३ का कार्य बाहक वडा अध्यक्ष राम्जी प्रसाद दाहाल लगायत, सुरक्षाकर्मी, जनप्रतिनिधि, चन्दादाता समाजसेवी लगायतको आतिथ्यता रहेको थियो । वृद्धाश्रम विकास केन्द्रको तेस्रो अधिवेशनबाट लेखनाथ खनाल अध्यक्ष रहने गरी १५ सदस्यीय नयाँ कार्यसमिति गठन भएको छ । जसको प्रथम उपाध्यक्षमा दिनेश कुमार ढकाल, द्धितीय उपाध्यक्षमा पदम प्रसाद न्यौपाने, सचिव बालकृष्ण लामिछाने, सहसचिव नेत्र प्रसाद पुडासैनी र कोषाध्यक्षमा कृष्ण प्रसाद श्रेष्ठ चयन हुनुभएको छ । यस्तै सदस्यहरुमा कल्पना खड्का, जय लक्ष्मी श्रेष्ठ, दुर्गा देवी तिवारी, राजन श्रेष्ठ, पुरुसोत्तम लामिछाने, अर्जुन कुमार श्रेष्ठ, सुनिल उपरकोर्टी, उद्धव पाण्डे र ईश्वर श्रेष्ठ रहनुभएको छ ।
प्रतिक्रिया दिनुहोस