धादिङ १६ चैत
धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ६ पीपलछाप स्थित श्री भैरवी स्वास्थ्या महिला समूहको नवनिर्मित भवन तथा शिव मन्दिर उद्घाटन तथा सम्पन्न भएको छ ।
शुक्रबार संस्थाले एक भव्य कार्यक्रमको आयोजना गरि संस्थाका अध्यक्ष अस्मिता थापाको अध्यक्षता नीलकण्ठ नगरपालिकाका उप–प्रमुख दिपक विश्वकर्माको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । उक्त कार्यक्रमको विशेष अतिथिको रुपमा समाजसेवी धादिङ सोसियल भोलिन्टियरका अध्यक्ष भेषराज ठकुरी, नीलकण्ठ नगरपालिका कार्यपालिका सदस्य लक्ष्मण रम्तेल लगायतको विशेष आतिथ्यता रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै नीलकण्ठ नगरपालिकाका उप–प्रमुख दिपक विश्वकर्माले समूदाय केन्द्रित बिकासको अवधारणालाई आत्मसाथ गरि आगामी आर्थिक बर्षको नीती तथा कार्यक्रममा समावेश गर्ने बताउनुभयो ।
त्यस्तै नगरकार्यपालिका सदस्य लक्ष्मण रम्तेलले वडा नम्बर ६ को समग्र बिकास र संबृद्धिको लागि सधैँ खटिरहेको बताउनुभयो । विगतका निर्वाचनमा हारेपनि जनताले दिएको अमूल्य मतको कदर गरी सधैँ जनताको साथमा रहि समाज बिकास र रुपान्तरणमा ध्यान केन्द्रित रहने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
त्यस्तै समाजसेवी भेषराज ठकुरीले सबै युवाहरु विदेश पलायन हुने हुँदा गाउँ नै रित्तिने अवस्था सृजना हुदै आएको अवस्थामा मौलिक संस्कृति संस्कार जोगाउने,महिला क्षमता अभिबृद्धि, सीप बिकास तालिममा सहभागी गराई वडा भरिका ६ वटै आमा तथा महिला समूहहरुलाई भरपुर सहयोग गरिरहेको बताउदै आगामी दिनमा पनि साथ र सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
उक्त कार्यक्रममा विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधी,पत्रकार, स्थानीय नागरिक लगायतको सहभागीता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस