धादिङ मंसिर ०१
जिल्ला प्रहरी कार्यालय धादिङले चोरी मुद्दाका फरार कैदीलाई ३४ वर्षपछि पक्राउ गरेको छ । धादिङ जिल्ला साविकको धुँवाकोट गा.वि.स. वडा नं. ५ बस्ने बर्ष ६९ का राम बहादुर भन्ने सुब्बा वस्तीलाई आइतबार पक्राउ गरिएको हो । जिल्ला अदालत धादिङले २०४१ साल जेष्ठ ८ गते चोरी मुद्दामा ३ वर्ष ११ महिना ७ दिनका लागि कैद फैसला गरी जेल चलान भएका वस्ती सोही वर्षको मंसिर ६ गते कारागारबाट भागेका थिए । कारागारबाट भागेको मुद्दामा पुनः जिल्ला अदालतले ५ वर्ष ५ दिन थप कैद सजाय हुने गरी फैसला गरेको थियो । वस्तीलाई जिल्ला प्रहरी कार्यालय धादिङबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा आइतबार नीलकण्ठ नगरपालिका वडा नं. १ खाल्टेमा लुकिछिपी बसेको अवस्थामा फेला पारेर जिल्ला अदालतमा पेश गरी कैद भुक्तानीको लागी कारागार चलान गरिएको प्रहरी प्रवक्ता रुपक खड्काले बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस