धादिङ १६ चैत्र
जिल्ला अस्पताल धादिङमा कार्यरत सर्जन डा.प्रतिभा धौभडेल मृत फेला पर्नुभएको छ ।
काठमाडौँ महानगरपालिका–१३ छाउनीस्थित घरमा सर्जन डा. धौभडेल मृत भेटिनुभएको हो। सलले पासो लगाएर झुण्डेको अवस्थामा देखेपछि उहाँका पतिले बीरेन्द्र सैनिक अस्पतालमा लग्नुभएको थियो । चिकित्सकले उहाँलाई मृत घोषणा गरेका थिए ।
३४ वर्षीया प्रतिभाको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा राखिएको छ ।
असार २५ बाट धादिङ अस्पतालमा कार्यरत डा. धौभडेल घर बिदामा काठमाडौँ जानुभएको थियो ।
चितवनको कलेज अफ मेडिकल साइन्सेसबाट एमबीबीएस, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानबाट सर्जरी विषयमा मास्टर्स, रातो बंगलाबाट ए लेभलमा नेपालमै उत्कृष्ट अंक, भारतमा प्रतिष्ठित डा पारसमणि स्वर्ण पदक समेत प्राप्त उनको मृत्यु बारे प्रहरी वृत कालिमाटीले अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस