धादिङ १५ चैत्र
भुकम्पको समयमा एम्बुलेन्स अंकलको नामले परिचित धादिङका समाजसेवी रेडक्रसकर्मी नारायणकुमार श्रेष्ठ सम्मानित हुनुभएको छ ।
समाजसेवी श्रेष्ठ नेशनल सोसल वेयलफेयर अवार्ड २०२३ बाट सम्मानित हुनुभएको हो । सिजन मिडिया प्रालिले सांस्कृतिक संस्थान राष्ट्रिय नाचघर, जमलमा मंगलबार विशेष समारोहका बीच उक्त अवार्डबाट सम्मान गरेको हो ।
सांअवार्ड वितरण कार्यक्रममा उपसभामुख इन्दिरा राना मगरको प्रमुख आतिथ्य रहेको थियो । यसअघि पनि समाजसेवी श्रेष्ठले मानवीय सेवामा अतुलनीय योगदान पु¥याएबापत उत्कृष्ट मानवीय सेवा सम्मान एवं पुरस्कार प्राप्त गर्न सफल हुनुभएको थियो ।
प्राकृतिक प्रकोप तथा दुर्घनामा स्थलगत उद्धारमा एम्बुलेनस जत्तिकै छिटो पुग्ने भएकोले रेडक्रसकर्मी श्रेष्ठलाई एम्बुलेन्स अंकलको उपमा दिईएको हो ।
प्रतिक्रिया दिनुहोस