धादिङ ०१ मङ्सिर
गरिबी र आर्थिक अभावको चपेटा खेपिरहेका धादिङको नीलकण्ठ नगरपालिका वडा नम्वर १२ आँगेटारीकी करिना मगरको परिवारलाई आर्थिक सहयोग स्वरुप शिद्धालेक गाउँ पालिकाका अध्यक्ष प्रेम नाथ सिलवालले आइतबार रु. ५० हजार रकम हस्तान्तरण गर्नुभयो । गाउँ पालिकाको आर्थिक सहायता कोषबाट उक्त रकम हस्तान्तरण गरिएको हो । आफ्नी बिरामी श्रीमतीको उपचारका क्रममा सबै सम्पत्ती सक्दा पनि बिरामी निका नभएका कारण कार्तिक १८ गते यम बहादुर ढिकी मगरले आत्महत्या गरेपछि उनकी बिरामी श्रीमती, २ छोरी र एक छोरा बिचल्लीमा परेका थिए । खाद्यान्न सहयोग सहित पीडितहरुको अवस्था बुझ्न पुगेका जिल्ला समन्वय समिति धादिङका प्रमुख जगन्नाथ नेपालले भूकम्प प्रतिरोधी घर निर्माणको लागि आफूले तत्कालै पहल गर्ने र प्यारालाइसिसका कारण ओछ्यान परेकी करिनाकी आमाको स्वास्थ्य उपचारको लागि पनि पहल गर्ने प्रतिबद्धता जनाउनु भयो ।
प्रतिक्रिया दिनुहोस