धादिङ ११ चैत्र
धादिङको नीलकण्ठ नगरपालिका वडा नं ३ मा रहेको सामुदायिक क्याम्पस निलकण्ठ बहुमुखी क्याम्पसको प्रथम दिक्षान्त समारोह सम्पन्न भएको छ ।
शनिबार नीलकण्ठ बहुमुखी क्याम्पसको आयोजनामा सम्पन्न भएको उक्त समारोहबाट १८८ जना दिक्षित भएका छन् ।
नेपाली कांग्रेसका नेता डा.मिनेन्द्र रिजालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा संघिय सांसद रामनाथ अधिकारी,प्रदेश सांसद गोविन्द लम्साल, नगरपालिका संघका अध्यक्ष एवं नीलकण्ठ नगरपालिकाका मेयर भिमप्रसाद ढुङगाना, प्रमूख जिल्ला अधिकारी बद्रिनाथ गैहे, नीलकण्ठ नगर पालिकाका उपप्रमुख दिपक विश्वकर्माको विशेष आतिथ्यता रहेको थियो ।
समारोहलाई सम्बोधन गर्नु हुदै नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले विद्यार्थीहरु दिक्षित भए पश्चात उनिहरुको नयांँ यात्रा प्रारम्भ हुने बताउनु भयो । उहाँले समाजमा रहेका विभिन्न आयामहरुलाई आत्म निर्भरता तर्फ लैजान सहयोग गर्ने बताउनु भयो । समाजलाई क्रियात्मक रूपमा प्रतिफल, दिने गरि कार्य गर्ने समय आएको भन्दै सम्पूर्ण दिक्षितलाई बधाई ज्ञापन गर्नुभयो ।
त्यसै गरि संघिय सांसद अधिकारीले सम्पूर्ण लाई बधाई ज्ञापन गर्दै यसरी सबै विद्यार्थी दिक्षित भएको देख्दा आफ्नो मिहेनतको प्रतिफल राम्रो भएको जस्तो लागेको भन्दै खुसी व्यक्त गर्नुभयो ।
त्यसैगरी नगर प्रमुख ढुङगानाले अब अरुले के भन्लान भन्ने तिर नलागि आफ्नो आत्मसन्तुष्टिको लागि कार्य गर्नुपर्ने बताउनुभयो । उहाँले आफु पढेको विद्यालय तथा कलेजलाई आफुले के गर्न सकिन्छ भनेर आफुले नै सोच्नु आवश्यक रहेको बताउनुभयो ।
त्यसै गरि सम्पूर्ण अतिथिहरुले दिक्षित भएका १८८ जना लाई बधाई तथा आगमी यात्राको लागि शुभकामना व्यक्त गर्नु भएको थियो ।
प्रतिक्रिया दिनुहोस