धादिङ ३० कार्तिक
धादिङबेसीका मोबाइल व्यवसायीहरुको छाता सङ्गठन धादिङ मोबाइल व्यवसायी संघको प्रथम साधारण सभा तथा अधिवेशन शनिबार सम्पन्न भएको छ । अधिवेशनले प्रकाश भट्टको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । जसको उपाध्यक्षमा नारायण कुमार श्रेष्ठ, सचिवमा नविराज श्रेष्ठ, कोषाध्यक्षमा रेशम श्रेष्ठ र सह सचिवमा सन्तोष अधिकारी चयन हुनुभएको छ ।
निवर्तमान अध्यक्ष सुजन कुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा धादिङबेसीमा मोबाइल व्यवसाय सञ्चालन गर्ने ४५ जना मोबाइल व्यवासायीहरुको उपस्थिति रहेको थियो । धादिङबेसीमा छरिएर रहेका मोबाइल व्यवसायीहरुलाई समेटेर स्वस्थ प्रतिस्पर्धात्मक व्यवसाय सञ्चालन गर्ने नव निवार्चित अध्यक्ष प्रकाश भट्टले बताउनु भयो । संस्थामा ५१ मोबाइल व्यवसायीहरु आबद्ध रहेका छन् ।
प्रतिक्रिया दिनुहोस