धादिङ १० चैत्र
नीलकण्ठ नगरपालिका वडा नं. १४ धुवाँकोटमा नीलकण्ठ–१४ को प्रगति समिक्षा अन्तरक्रिया तथा पुर्व जनप्रतिनिधिहरुको सम्मान कार्यक्रम सम्पन्न भएको छ ।
नीलकण्ठ नगरपालिका वडा नम्बर १४ का वडा अध्यक्ष नमराज दुवाडीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नीलकण्ठ नगरपालिकाका प्रमुख भिम प्रसाद ढुङ्गानाको प्रमुख आतिथ्यता रहेको थियो भने नीलकण्ठ नगरपालिकाका उप–प्रमुख दिपक विश्वकर्माको विशेष आतिथ्यता रहेको थियो भने विभिन्न राजनितिक दलका प्रतिनिधी सामाजिक अगुवा विभिन्न संघ संस्थाका प्रतिनिधीहरुको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा धुवाँकोटको विकासमा अमुल्य योगदान दिनुहुने पुर्व निर्वाचित जनप्रतिनिधीहरु प्रधानपंच हेम प्रसाद अधिकारी, उप–प्रधान– हरी प्रसाद अधिकारी, पूर्व गा.वि.स अध्यक्ष अब्जनाय सापकोटा, पूर्व गाविस अध्यक्ष धन बा. तामाङ बागमती प्रदेशका पूर्व सांसद तथा स्थानीय विकास राज्यमन्त्री डा. रामकुमार अधिकारी, पुर्व वडा अध्यक्ष फन्द्रा तामाङ समाजसेवी तथा धादिङ जिल्ला पूर्व जन सरकार प्रमुख बुद्धिलाल तामाङ र समाज सेवी कृष्ण प्रसाद श्रेष्ठलाई नीलकण्ठ नगरपालिका वडा नम्बर १४ ले पूर्व जन प्रतिनिधीहरुलाई कदर पत्र र दोसल्ला बाट सम्मान गरिएको हो ।
डा. राम कुमार अधिकारीलाई विकास प्रेमि नेता को रुपमा जिल्लामा स्थापित गरेको र धन बहादुर तामाङले धुवाँकोटमा मोटर बाटो पुर्याएको, बुद्धिलाल तामाङको नेतृत्वमा नेतृत्वमा तात्कालिन समयमा खानेपानी खुवाउने नेता र सोम्वोले तामाङको नेतृत्वमा धुवाँकोटलाई विद्युतिकरण गर्न अहम भूमिका खेल्नु भएको फोन्द्रा तामाङले धुवाँकोटको मोटर बाटो चौडा गर्न योग्दान पुर्याएको धुवाँकोट वासीले चर्चा गर्ने गर्दछन् ।
यो कार्यक्रमले राजनितिक दल र पूर्व जनप्रतिनिधीको सम्मान गर्न र अग्रजहरुको अनुभव सल्लाह अनुसार वडाको विकासमा मद्धत पुग्ने हेतुले कार्यक्रम आयोजना गरिएको वडा अध्यक्ष नमराज दुवाडीले बताउनु भयो । कार्यक्रमका प्रमुख अतिथीले भिम प्रसाद ढुङ्गानाले जन प्रतिनिधीलाई राम्रा र सरहनीय काम सामाजिक क्षेत्रमा योगदान पुराएका मानिसहरुलाई सम्मान गर्ने असाध्यै राम्रो काम भएको र यस्तो राम्रो कार्यको थालनी वडा नम्बर १४ बाट शुरु भएको र अब नीलकण्ठ नगरपालिका भरी यो कार्यक्रम सञ्चालन गर्ने बताउनुभयो ।
कार्यक्रमका विशेष अतिथी दिपक विश्वकर्माले धादिङको राजनीति र समाज परिर्वतनको लागी धुवाँकोटले महान जनयुद्धमा महत्वपूर्ण भुमिका खेलेको र राम्रो कार्यको थालनी र शुरुवात १४ नम्बरबाट हुने गरेको चर्चा गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस