धादिङ ८ चैत्र
धादिङको नीलकण्ठ नगरपालिका–८, रामकोटमा आरोहण शिक्षालयको उद्घाटन गरिएको छ ।
विहिबार अनन्त आशा नामक अमेरिकन संस्थाको सहयोगमा स्थापना गरिएको शिक्षालयको आज औपचारिक उद्घाटन गरिएको हो ।
नेपाली कांग्रेसका केन्द्रिय संघीय सांसद श्याम घिमिरे, नीलकण्ठ नगरपालिकाका मेयर भीम प्रसाद ढुंगाना र अनन्त आशा अमेरिकाका अन्तराष्ट्रिय निर्देशकद्धय डियाना बोक्सचार्ड, रेण्डल कृङवाल संयुक्त रुपमा उद्घाटन गर्नुभएको थियो ।
उद्घाटन कार्यक्रममा बोल्दै अतिथिहरुले शिक्षालय स्थापनाले स्थानीयहरुको क्षमता र सीप विकासमा सहयोग पुग्ने बताएका थिए । शिक्षालय मार्फत अहिले तीन वर्षको लागि दुई करोड ९७ लाख बजेटमा श्रोतकेन्द्र स्थापना गरी विभिन्न तालिम तथा संचालन गर्ने सम्झौला भएको छ ।
विशेषगरी महिला र जनजाती समुदायलाई समेटेर आयआर्जनसंग संबन्धित विभिन्न सीप सिकाउने, विद्यालयहरुलाई समेत सहयोग हुने खालको कार्यक्रमहरु संचालन गरिने वडा अध्यक्ष प्रकाश कुमार श्रेष्ठले बताउनुभयो ।
कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय संघीय सांसद श्याम घिमिरे, नीलकण्ठ नगरपालिकाको नगर प्रमुख भीम प्रसाद ढुङ्गाना, उप प्रमुख दिपक विश्वकर्मा, अनन्त आशा अमेरिकाका अन्तराष्ट्रिय निर्देशकद्धय डियाना बोक्सचार्ड, रेण्डल कृङवाल लगायत विभिन्न आमा समुह र स्थानीयहरुको सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस