धादिङ ७ चैत्र
धादिङको बेनिघाट रोराङ गाउँपालिकामा पालिका भरिको कुपोषित बालबालिकाहरूको कुपोषण स्तर परिक्षण गरिएको छ ।
बुधबार पालिका भरिको कुपोषित र विशेष गरि चेपाङ सिमान्तकृत वर्गलाई लक्षित गरि र उक्त चेपाङ समुदायका कुपोषित बालबालिकाहरूलाई राजमार्ग अस्पतालमा कुपोषण र टि.भी परिक्षण र नमुना संकलन गराइएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख ब्रजेश तामाङले बताउनुभयो ।
उक्त गाउँपालिकाको १० वटै वडाका १२३ जना कुपोषित बालबालिकाको परिक्षण गरिएको बताउनुभयो । जसमा कडा शिघ्र कुपोषित १३ जना, मध्यम कुपोषित २४ जना र ५७, जनाको एक्सरे गरिएको थियो भने २३ जनाको टिभि नमुना संकलन गरिएको बताउनुभयो । पालिका बासीहरुलाई र विशेष गरि आमाहरुलाई पोषण शिक्षा दिइएको छ ।
कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यलय धादिङका कार्यलय प्रमुख, बेनिघाट रोराङ गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत, गाउँपालिका उपाध्यक्ष, वडा अध्यक्षहरु, शाखा प्रमुखहरु र स्वास्थ्य कर्मीहरूको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस