धादिङ ६ चैत
धादिङको नीलकण्ठ नगरपालिकामा शोक बिदा दिने भएको छ ।
मंगलबार नगरपालिकाले शोक वक्तव्य जारी गरी वडा नम्बर १० का वडा सदस्य खिरेन्द्रप्रसाद तिमल्सिनाको असमायिक निधन प्रति शोक व्यक्त गर्दै चैत्र ७ गते शोक बिदा दिने भएको हो ।
मृतकको निधन प्रति सिंगो नगरपालिका मर्माहत भएको र मृत आत्माको चिर शान्तिको कामना गर्दै शोकाकुल परिवारजनप्रति समवेदना व्यक्त गर्दै धैर्यधारणको शक्ति मिलोस भन्ने प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सुवेदीद्धारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
भोली चैत्र ७ गते नगरपालिका र अन्तर्गतका कार्यालयहरुमा बिदा रहने छ ।
प्रतिक्रिया दिनुहोस