कृष्ण बहादुर लामिछाने
गोरखा ३० कार्तिक
सिद्धेश्वर वचत तथा ऋण सहकारी संस्था लिमिटेड तान्द्राङ गोरखाको १४ औं बार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि भीमसेन थापा गाउँपालिकाका सामाजिक विकास समितिका संयोजक नारायण भट्टराईले दीप प्रज्वलन गरी साधारण सभाको उद्घाटन गर्नु भएको थियो । गाउँघरमा छरिएर रहेका साना –साना पुँजीलाई एकीकृत गरी आफ्ना शेयर सदस्यहरुलाई ब्यापार, कृषि तथा पशुपालन र वैदेशिक रोजगारमा सुलभ ब्याजदरमा ऋण प्रवाह गरी सदस्यहरुको जीवन स्तर उठाउने संस्थाको मुख्य उद्देश्य रहेको छ । यस संस्थाको कुल शेयर सदस्य ५ सय १४ जना, बाल वचतकर्ता १ सय १७ र ऐछिक वचत कर्ता १ जना रहेको संस्थाको चुक्ता शेयर पुँजी २२ लाख ३३ हजार २ सय, निक्षेप ८६ लाख ३० हजार ८ सय ३३ रुपैंया र १ करोड ७ लाख २५ हजार ६ सय ७० लगानी रहेको छ ।
संस्थाको यस बर्षको खुद नाफा ४ लाख २० हजार २ सय ४४ रहेको छ । कार्यक्रममा असल ऋणी ३ जना , ब्यापार व्यवसाय गर्ने १ जना, कृषि तथा पशुपालन गर्ने १ जनालाई पुरस्कृत गरिएको थियो । त्यसै गरी शेयर सदस्यका छोरा/छोरी मध्ये सामुदायिक विद्यालयबबाट एस.इ.इ.परीक्षामा उच्चतम अंक प्राप्त गर्ने ३ जना छात्र/छात्रालाई समेत पुरस्कृत गरिएको थियो । संस्थाकी उपाध्यक्ष यशोदा खनालले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रममा संस्थाका सचिव बद्री प्रसाद लामिछानेले संस्थाको गतिविधी, भावी कार्ययोजना र कोषाध्यक्ष केशरी प्रसाद खनालले संस्थाको रु १ करोड २० लाख २६ हजार ९९ रुपैंयाको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । संस्थाका अध्यक्ष चेत प्रसाद बन्जराको अध्यक्षता रहेको कार्यक्रममा भिमसेन थापा गाउँपालिकाका सामाजिक विकास समितिका संयोजक नारायण भट्टराईको प्रमुख आतिथ्यता रहेको थियो । यसै गरी भीमसेन थापा गाउँपालिकाका वडा नं ३ का कार्यबाहक वडा अध्यक्ष रामजी प्रसाद दाहालको बिशेष आतिथ्यता रहेको थियो भने विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरु, संस्थाका संचालक समितिका सदस्यहरु र विभिन्न समितिका सदस्यहरुको र शेयर सदस्यहरुको सहभागिता रहेको थियो ।
३३ ऐछिक २
प्रतिक्रिया दिनुहोस