धादिङ ५ चैत्र
धादिङमा क्रियाशिल पत्रकारहरुका लागि पत्रकारितामा युट्युव र आचारसंहिताको सवाल विषयक छलफल कार्यक्रम सम्पन्न भएको छ ।
सोमबार प्रेस काउन्सिल नेपालको आयोजना र नेपाल पत्रकार महासँघ धादिङ शाखाले समन्वय गरेको कार्यक्रम शाखाका अध्यक्ष राजाराम शर्माको अध्यक्षता रहेको थियो ।
उक्त छलफल कार्यक्रममा समाचार र पत्रकारका अनुभव र समाचार लेख्दा ध्यान दिनुपर्ने बिषयमा छलफल गरिएको थियो ।
कार्यक्रममा काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेत, काउन्सिलका बोर्ड सदस्य ठाकुर बेल्बासे, काउन्सिलका महानिर्देशक झविन्द्र भुसाल, नेपाल पत्रकार महासँघका केन्द्रीय सदस्य धुर्व रावलले पत्रकारिता र आचारसंहिताका बिषयमा अहिले देखिएका बिकृती,रोकथामका उपाय लगायतका बिषयमा जानकारी गराउनु भएको थियो ।
त्यसैगरि जिल्लाका अग्रज पत्रकारहरु केशव अधिकारी,पोषनाथ अधिकारी, सिताराम अधिकारी लगायत जिल्लाको विभिन्न सञ्चार माध्यममा कार्यरत पत्रकारहरुको उपस्थिति रहेको थियो सबैले आफ्नो अनुभव आदानप्रदान गरेका थिए ।
प्रतिक्रिया दिनुहोस