धादिङ ५ चैत्र
बेनिघाट रोराङ गाउँपालिकामा शैक्षिक गुणस्तरीय शिक्षा प्रवाह गर्ने उद्धेश्यले नयाँ निति तथा नियम लागु गरिएको छ ।
२०८० चैत्र ०१ गते गाउँपालिका भित्रका प्रमुख राजनैतिक दलका प्रमुख तथा प्रतिनिधिहरु सहितको बेनीघाट रोराङ गाउँकार्यपालिकाको सामुदायिक विद्यालयहरुलाई व्यवस्थित र प्रभावकारी बनाई विद्यालय प्रतिको जिम्मेवारी र जबाफदेहिता मार्फत विद्यालयको शैक्षिक गुणस्तरमा थप टेवा पुर्याउने उद्देश्यका साथ बसेको बैठकले उक्त निर्णय गरेको हो ।
साथै गाउँपालिकाले सुचना जारी गर्दै गाउँपालिकाले पालिका भित्र सार्वजनिक पद धारण गरेका जनप्रतिनिधि, राष्ट्रसेवक कर्मचारी, शिक्षक, विव्यसका पदाधिकारीहरु, शिक्षक अभिभावक संघका पदाधिकारीहरु तथा राजनैतिक दलका नेतृत्वदायी भूमिकामा रहनु हुने व्यक्तिहरूले आफ्ना छोराछोरीहरुहरुलाई शैक्षिक सत्र २०८१ देखि आ– आफ्नो पायक पर्ने विद्यालयमा भर्ना गरी गराई गाउँपालिकाको अभियानलाई सफल बनाउन आग्रह गरेको छ ।
सामुदायिक विद्यालयमा भर्ना गराई पठनपाठन गराउने उल्लेखित अभिभावकहरुलाई २०८१ सालको भर्ना अभियान पछि सार्वजनिक समारोह आयोजना गरी सम्मान गरिन जनाएको छ ।
प्रतिक्रिया दिनुहोस