धादिङ २ चैत्र
धादिङको बेनीघाट रोराङ गाउँपालिकामा छलफल तथा अन्तर्क्रिरया कार्यक्रम सम्पन्न भएको छ ।
शुक्रबार बेनीघाट रोराङ गाउँपालिकाद्वारा आयोजनामा गाउँ कार्यपालिका सदस्यहरु र गाउँपालिकामा क्रियाशिल राजनैतीक दलहरुबीच समसामयिक विषयवस्तु तथा भावी कार्ययोजनाका विषयमा छलफल तथा अन्तर्क्रिरया कार्यक्रम सम्पन्न भएको हो ।
उक्त कार्यक्रममा गाउँपालिकाले निर्माण गर्न लागेको कक्षा ४–८ को हाम्रो बेनीघाट रोराङ सेरोफेरो नामक पाठ्य तथा कार्यपुस्तक माथि गहन छलफल गरिएको गाउँपालिका अध्यक्ष कृष्ण बहादुर थपलिया (विवेक) ले बताउनुभएको छ ।
उहाँले छलफलमा सहभागीहरुले गाउँपालिकाको विभिन्न योजना तथा समसायिक विषयवस्तुहरु र गाउँपालिकाको भावी कार्ययोजनाका सम्बन्धमा आफ्ना सुझावहरु समेत प्रस्तुत गरेको बताउनुभयो ।
साथै उहाँले गाउँपालिकाले उक्त सुझावहरुलाई मनन गर्दै आगामी दिनहरुमा क्रमशः कार्यान्वयन गर्दै जाने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष कृष्ण बहादुर थपलिया (विवेक), उपाध्यक्ष टापबहादुर श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत नर्वदा घिमिरे, गाउँपालिका शिक्षा शाखा प्रमुख ब्रजेश तामाङ लगायत अन्य क्रियाशिल राजनैतीक दलका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस