धादिङ १ चैत्र
जिल्ला स्तरीय न्यायिक समितिको अध्यक्षमा नीलकण्ठ नगरपालिकाका उप मेयर दिपक विश्वकर्मा चयन भएको छ ।
जिल्ला स्थित सबै स्थानीय सरकारको न्यायिक समितिका पदाधिकारीको भेलाले विश्वकर्माको अध्यक्षतामा जिल्ला स्तरीय न्यायिक समिति मञ्चको गठन गरीएको हो । सबै स्थानीय सरकारको न्यायिक समितिका संयोजकहरु सदस्य रहने गरी जिल्ला स्तरीय न्यायिक समिति मञ्च गठन गरीएको हो ।
न्यायिक निरुपणका कार्यहरुमा एकरुपता हुने गरी निर्देशिका बनाई थप व्यवस्थित गर्ने,न्यायिक समितिबाट हुने कार्यहरुमा सहजीकरण गर्ने,जिल्लाका न्यायिक समितिका पदाधिकारीहरुको बैठक कम्तिमा २ महिनामा १ पटक बस्ने गर्ने निर्णय गरेको छ ।
भेलाले जिल्लाका स्थानीय सरकारका न्यायिक समितिका पदाधिकारीहरुको आगामी बैठक २०८० साल बैशाख महिनामा धुनीवेशी नगरपालिकामा आयोजना गर्ने र आगामी बैठकमा न्यायिक समितिबाट कार्य सम्पदान बारे समिक्षा गर्ने पनि निर्णय गरेको छ ।
प्रतिक्रिया दिनुहोस