धादिङ ३० फाल्गुन
धादिङबेशी सदरमुकाममा मेलमिलापकर्ताहरुका लागि मेलमिलाप सम्बन्धि ३ दिने पुर्नताजगी तालिम कार्यक्रम उद्घाटन गरिएको छ ।
बुधबार नीलकण्ठ नगरपालिका उपप्रमुख एवम् न्यायीक समितीका संयोजक दिपक विश्वकर्माको अध्यक्षतामा तथा नीलकण्ठ नगरपालिका प्रमुख भिम प्रसाद ढुंगानाको प्रमुख आतिथ्यतामा कार्यक्रम उट्घाट्न गरिएको हो ।
त्यसैगरी कार्यक्रममा संविधान विद काशिराज दाहाल, जिल्ला न्यायाधीश गोपाल वास्तोला , नीलकण्ठ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सुवेदी , सहायक प्रमुख जिल्ला अधिकारी , प्रहरी उपरीक्षक , जिल्ला न्यायाधिवक्ता , प्रशिक्षक , नीलकण्ठ नगरपालिकाका कर्मचारीहरु न्यायीक समिती सदस्यहरुको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस