धादिङ ३० फाल्गुन
धादिङको गजुरी गाउँपालिकामा अन्तर स्थानीय तह तथा विषयगत सरोकारवालाहरू बिच छलफल सम्पन्न भएको छ ।
बुधबार राजमार्गमा हुने सवारी दुर्घटना पछि घाइतेहरूका लागि उपचारार्थ Trauma Care सहितको सुविधा सम्पन्न अस्पताल निर्माण गरि संघ÷प्रदेश सरकारसँगको साझेदारीमा संचालन गर्ने सम्बन्धमा अन्तर स्थानीय तह तथा विषयगत सरोकारवालाहरू बिच पहिलो चरणको छलफल सम्पन्न भएको हो ।
गजुरी गाउँपालिकाको आयोजनामा सम्पन्न छलफलमा , ईच्छाकामना गापा चितवन, बेनीघाट रोराङ गापा धादिङ , सिद्धलेक गापा , तथा गल्छी गापाका अध्यक्ष एवम उपाध्यक्ष लगायत , प्रजिअ, शिवदल गणका गणपति, प्रहरी उपरीक्षक, जिल्ला स्वास्थ कार्यालयका प्रतिनिधि, सशस्त्र प्रहरी बल आदमघाटका प्रमुख, इलाका प्रहरी कार्यालय गजुरीका प्रतिनिधि, जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख, लगायत राजमार्ग क्षेत्रका वडा अध्यक्षहरू सहभागीता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस