धादिङ कार्तिक ३०
नेपाल रेडक्रस सोसाइटी धुषा उपशाखाको आयोजनामा शनिबार बृहत खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । देशैभर भएको रगत अभावलाई कम गर्नका लागि धादिङ जिल्लाका विभिन्न स्थानमा रक्तदान कार्यक्रमको आयोजना गर्ने क्रममा आयोजित रक्तदान कार्यक्रममा ४७ जना पुरुष र १५ जना महिला सहित ६२ जनाले रक्तदान गरेका थिए । रक्तदान कार्यक्रमको सह आयोजकमा चरौदी समाज सुधार युवा क्लब र प्राबिधिक सहयोगमा नेपाल रेडक्रस सोसाइटी रक्त संचार सेवा केन्द्र धादिङ रहेको थियो । बुद्धि विकास आधारभूत विद्यालय बेनिघाट रोराङ गाउँ पालिका ७ मा भएको रक्तदान कार्यक्रममा बेनिघाट रोराङ गाउँ पालिकाका स्वयमसेवी रक्तदाता राममणि थपलियाले ३३ औँ पटक रक्तदान गरेका थिए ।
रक्तदान कार्यक्रममा स्वयमसेवी रक्तदाताहरुले अत्यन्तै उत्साहजनक रुपमा सहभागिता जनाएको नेपाल रेडक्रस सोसाइटी धुषा उपशाखाका सभापति जीवन प्रसाद घिमिरेले बताउनु भयो । अभियानकै रुपमा रक्तदान कार्यक्रम आयोजना गर्दै आएको नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार सेवा केन्द्र धादिङले आर्थिक वर्ष ०७६÷०७७ मा ३ हजार ५ सय पिन्ट रगत सङ्कलन गरी घाइते तथा बिरामीहरुलाई सहज रुपमा उपलब्ध गराउने लक्ष्य अनुरुप कार्तिक मसान्तसम्म ८ सय ६६ पिन्ट रगत सङ्कलन गरिसकेको अभियन्ता नारायण कुमार श्रेष्ठले बताउनु भयो ।
रक्तदान कार्यक्रमको विवरण यस प्रकार छ ।
१. धादिङ सोसियल भोलियन्टर नेपाल १९२
२. रोटरी क्लब अफ धादिङ ११६
३. स्रोत परिचालन साकोस धादिङ ११५
४. नीलकण्ठ महिला सहकारी ७५
५. शिवज्योति महिला सहकारी ७३
६. साङ्ग्रिला बैँक गल्छी शाखा ६८
७. नेपाल रेडक्रस सोसाइटी धुषा उपशाखा ६२
८. सान्बी मोटर पार्ट प्रा.लि. ४५
९. नेपाल रेडक्रस सोसाइटी धादिङ जिल्ला शाखा र कर्मचारी मिलन केन्द्र संयुक्त ४३
१०. नेवा देय दबू धुनिबेसी ३९
११. नेपाली काङ्ग्रेस धादिङ ३८
प्रतिक्रिया दिनुहोस