धादिङ २९ फागुन
धादिङको ज्वालामुखी गाउँपालिका वडा नम्बर ४ स्थित प्रथम ढोला बसाह मण्डली माई महोत्सव भव्य रुपमा सञ्चालन भईरहेको छ ।
सोमबार बागमती प्रदेशसभा सांसद शिवराज आचार्यको प्रमुख आतिथ्यतामा उद्घाटन भएको हो । पर्यटीय एवम् धार्मिक स्थल बसाह मण्डली माईको प्रचार प्रसार बिकास र संरक्षणका लागि उक्त २ दिने प्रथम बसाह मण्डली माई महोत्सवको आयोजना गरिएको वडा अध्यक्ष कृष्ण गुरुङले बताउनुभयो ।
समापनको दिन आज राष्ट्रिय चर्चित कलाकार बद्रि पंगेनी,प्रिती आले मगर लगायतको स्थानीय ख्याती प्राप्त कलाकारहरुको बेजोड लोक सांस्कृतिक प्रर्दशन रहने छ ।
उद्घाटन सत्रका तस्वीरहरु
प्रतिक्रिया दिनुहोस