धादिङ २९ फागुन
मंगोल नेशनल अर्गनाईजेशन (MNO) जिल्लासभा धादिङको छैठौँ जिल्ला अधिवेशन तथा खुल्ला घोषणा सभा सम्पन्न भएको छ ।
सोमबार सदरमुकाम धादिङवेशीमा बृहत र्यालीको प्रदर्शनका बिच छैठौँ जिल्ला अधिवेशन मूल आयोजक समितीको संयोजक धर्मराज सेन्देनको अध्यक्षता मंगोल नेशनल अर्गनाईजेशन केन्द्रिय मूल सचिव सन्तोष तामाङको प्रमुख आतिथ्यता तथा केन्द्रिय प्रवक्ता रिन्छेन दोर्जे तामाङ,केन्द्रिय नेता मणिपपो लिम्बु लगायतको विशिष्ट अतिथिमा सम्पन्न भएको हो ।
उक्त अधिवेशनबाट विर बहादुर तामाङको अध्यक्षतामा ३४ सदस्यीय जिल्लासभा घोषणा गरिएको छ । जसको सचिवमा सुनिल तामाङ, सह–सचिव रामचन्द्र आलेमगर, कोषाध्यक्षमा सिता गुरुङ र प्रचार प्रसार सचिवमा राजु पाख्रिन निर्वाचित भएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रिय मूल सचिव सन्तोष तामाङले नव निर्वाचित जिल्लासभा समितीलाई बधाई तथा शुभकामना व्यक्त गर्दै एमएनओ संगठनको विधिविधानमा रहि संगठनलाई मजबुद र बिस्तार बनाउदै धादिङ जिल्लालाई मंगोलमय बनाउन अनुरोध गर्नुभयो ।
उक्त अधिवेशनमा केन्द्रियसभा प्रदेशसभा तथा विभिन्न जिल्लासभाका अध्यक्ष तथा प्रतिनीधी नेता कार्यकर्ताहरुको उल्लेखीय सहभागीता रहेको थियो ।
मंगोल नेशनल अर्गनाईजेशन (MNO) ले लोकतन्त्र धर्मनिरपेक्ष र प्रान्तिय सरकारलाई मुख्य राजनैतिक एजेण्डा बनाउदै आर्थिक, सामाजिक, शैक्षिक, राजनैतिक, सांस्कृतिक क्रान्ति गरी मुलुक बिकास गर्ने प्रतिवद्धताका साथ संगठन बिस्तार अभियान सञ्चालन गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस